प्रदेश

लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा प्याराग्लाइडिङ उद्घाटन



दाङ, १६ मङसिर ।

दाङको देउखुरी पछिल्लो समय पर्यटकीय गन्तब्यस्थल बन्न थालेको छ । लुम्बिनी प्रदेशको राजधानीस्थल दाङ देउखुरीको राप्ती गाउँपालिका–९, देविकोटमा प्याराग्लाइडिङ उडानको उद्घाटन र रिडी राप्ती एग्रो रिसोर्ट शिलान्यास गरे संगै देविकोट पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्न थालेको हो ।

रिडी राप्ती ग्रुप प्रालिको प्रथम साधारणसभाको अवसरमा बाबू एडभेन्चर्सले लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका ९ देवीकोटबाट प्याराग्लाइडिङको उद्घाटन गरेको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर र राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले संयुक्त रुपमा प्याराग्लाइडिङको उद्घाटन गरेका हुन् । बाबु एडभन्चर्सका प्रमुख पाइलट सानुबाबु सुनुवारको ३ जनाले प्याराग्लाइडिङको सफल उडान गरेका थिए ।

लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका दाङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर ९ देविकोटबाट व्यावसायिक रुपमै प्याराग्लाइडिङ गर्ने तयारीका साथ प्याराग्लाइडिङको उद्घाटन गरिएको हो ।

यसैबीच प्रालिद्वारा निर्माण हुन लागेको राप्ती एग्रो रिसोर्टको समेत शिलान्यास गरिएको छ । प्रालिका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले रिसोर्टको शिलान्यास गरेका हुन् । सो अवसरमा सभामुख घर्तीले लुम्बिनी प्रदेशको राजधानीको पर्यापर्यटन सँग प्याराग्लाइडिङ र रिसोर्टले जोड्ने बताएका थिए । उनले त्यस क्षेत्रका स्थानीयहरूको आम्दानीमा पनि वृद्धि हुने बताए । त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिकाको विकास, प्रचारप्रसार तथा पर्यटन क्षेत्रको विकासमा महत्तवपूर्ण भूमिका खेल्ने बताए ।

प्रकाशित : १६ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६