अर्थ-वाणिज्य

पुरुषले मदीरा सेवन गर्दा धैरै महिलाले दुःख पाएको खुलाशा



कपिलवस्तु १६ मंसिर।लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत अनेमसंघ यशोधरा गाउँ कमिटिले एक दिने कार्यक्रम शनिवार गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अनेमसंघका केन्द्रीय सदस्य शारदा शर्माले लैंगिक हिंसा अन्त्यका लागि सरकारले ठोस योजना बनाउनु पर्ने बताउनु भयो । लैंगिक हिंसाको जरो पत्ता नलगाउदा सम्म हिंसा भइरहने , लगानी खर्च भईरहने भन्दै सरकारले नितिगत रुपमा दिर्घकालिन योजना बनाएर कार्यान्वयन गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै संघका जिल्ला अध्यक्ष शान्ता पाण्डेले पुरुषले मदीरा सेवन गर्दा महिलाहरु धैरै हिंसामा परेको भन्दै सरकारले मदिरा नियन्त्रण गर्नु पर्ने बताउनु भयो । संघका गाउँकमिटि अध्यक्ष गुञ्जादेवी मौर्याको अध्यक्षता संघका प्रदेश कमिटि सदस्य पवन रेखा पाठकको सञ्चालनमा भएको कार्यक्रममा यशोधरा गाउँ कमिटिका सचिव रामेन्द्र मौर्या ,वडा सदस्यहरु लगायतको उपस्थिती रहेको अनेमसंघले जनाएको छ ।

प्रकाशित : १६ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६