प्रदेश

समुदाय स्तरमा सेवा प्रवाह गर्न सामुदायिक अस्पताललाई सांसद थापाको सुझाव



हरि घिमिरे, १७ मंसिर । कपिलवस्तु सामुदायिक अस्पताललाई समुदाय स्तरमा पुगेर सेवा दिन पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सुझाव दिएका छन् । आइतबार कपिलवस्तु सामुदायिक अस्पतालको अवलोकन गर्दै उनले यस्तो बताएका हुन् । 

 थापाले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासको लागि नेपालको बजेटले नपुगिरहेको अवस्थामा व्यक्तिहरूको लगानीलाई परिचालित गर्ने क्रममा समुदायको उचित सहभागिता गराउनमा आफूहरू चुकेको बताए । 

उनले सरकारले चलाएका स्वास्थ्यले मात्र नागरिकहरूको उपचार गर्न नपुग्ने भन्दै यस्ता सामुदायिक स्वास्थ्य संस्थाको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारे। सरकारले सामुदायिक स्वास्थ्य संस्था र अन्य संस्थाको लागि पुँजीगत खर्च दिए पनि चालु खर्च नदिदा समस्या भैरहेको महसुस भएको जनाए ।

 थापाले अस्पतालले बिरामी आउछन र उपचार गरौँला भन्ने सोचाइ त्यागेर नागरिकको स्वास्थ्य बिग्रन नदिन गाउँ टोल भित्र पुग्नुपर्ने जिकिर गरे । बिरामी भएर उपचार गर्नुभन्दा नागरिकलाई बिरामी हुन नै नदिन प्रयास गर्नुपर्नेमा उनले जोड दिए । 

त्यस्तै उनले कपिलवस्तु सामुदायिक अस्पतालको सेवा वृद्धि र व्यवस्थापनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रकाशित : १७ मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६