सुर्खेत १८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेको एकल बहुमत नआए देश बर्बाद हुने बताएका छन् ।सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले देशको अस्तित्व रक्षाका लागि प्रत्येक वडा तहकै निर्वाचनमा एमालेले ५१ प्रतिशत ल्याउनुपर्ने बताए ।
उनले भने, ‘एमालेले बहुमत ल्याएन भने देश वर्वाद हुन्छ, अस्तित्व जोगाउन गाह्रो हुन्छ । हामीले देशको अस्तित्व, स्वाभीमान र समृद्धि, सुशासन, भ्रष्टाचार नियन्त्रणका लागि एमालेको एकल बहुमतको सरकार चाहिन्छ । मिसन २०८४ हामीले अगाडि बढाइरहेका छौं । कतिले अहिले हतार ग¥या भनिरहेका छन् । २०८४ मा चुनाव हुन्छ भनेर सबैले थाहा पाएका छन् ।’अध्यक्ष ओलीले गठबन्धनको कारणले देशको अर्थतन्त्र ओरालो लागेको आरोप लगाए ।
सरकारले गुण्डाहरुलाई संरक्षण गरेको देखेर निराशा बढेको उनको भनाइ छ । उनले सरकारको कुनै नीति नै नभएको जिकिर गरे ।अध्यक्ष ओलीले जनताले ५ वर्षको लागि निर्वाचित गरेर पठाए पनि सरकारले काम गर्न नसकेपछि एमाले नयाँ विचारका साथ अगाडि आएको दाबी गरे ।
१८ मंसिर २०८०, सोमबार
प्रतिक्रिया