कपिलवस्तु २१ मंसिर । १४ औं कपिलवस्तु महोत्सव ऐतिहासिक, सभ्य र भव्य समारोहका बिच नेपाली काङ्ग्रेसका चर्चित नेता एबम साम्सद चन्द्र भण्डारीले समुद्घाटन गर्नु हुनेछ ।
बिहीबार आज २१ गते देखि सुरु भएर पुश १ गतेसम्म आयोजना हुने हुने महोत्सव बाणगंगा वेयलफेयर सोसाइटीले गरेको हो ।सोसाइटीका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले महोत्सव भब्य हुने बताउनु भयो ।
७ औं कपिलवस्तु महोत्सव, ९ औं, ११ औं गरी तीन वटा महोत्सवको सफल नेतृत्व गरेका खाँणले चौथो पटक चौधौ संस्करणको १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८० को नेतृत्व गर्नु भएको छ । महोत्सव बिहीबार दिउँसो १ः०० बजे एक विशेष कार्यक्रमका बीच उदघातन हुनेछ ।
कपिलवस्तु जिल्लालाई विशिष्ट पहिचान दिलाउन सफल र विसं२०६५ बाट शुभारम्भ भएको कपिलवस्तु महोत्सवले १५ वर्ष पूरा गरेको छ । युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृर्षि क्षेत्रको प्रचार – प्रसार प्रर्वद्धनमा प्रोत्साहन” भन्ने मूल नाराका साथ सुरु हुने १४ औं कपिलवस्तु महोत्सवलाई कपिलवस्तु जिल्लाको विशेष चाडको रुपमा हेरिएको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा (दिनेश)ले बताउनु भयो ।
तीन वटा बुद्धसँग नाम जोडिएको कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका साथै कपिलवस्तुको दरिलो पहिचान बनाएका छन् । महोत्सवमा करिब ५ करोड कारोबार हुने र ढाइ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आर्थिक तथा लेखा संयोजक मोहन पाण्डेले बताउनु भयो ।
विगतका महोत्सवको अनुभवबाट शिथिल बनेको यस क्षेत्रको अर्थतन्त्र चलायमान हुने भएकाले पनि विगतका महोत्सवमा भन्दा आर्थिक कारोबार बढी हुने आयोजकले अपेक्षा गरेका छन् । महोत्सवबाट सकंलन भएको बचत रकमबाट सामाजिक कार्यमा खर्च गरिने आयोजकले बताएका छन् ।
१४ औं कपिलवस्तु महोत्सव कपिलवस्तु वासीको पर्वका साथै जिल्लाको चिनारी पनि भएकोले महोत्सवको अवलोकन गरी सल्लाह र सुझाव दिन संघका पूर्व अध्यक्ष एवम् अनुगमन तथा मूल्याङ्कन समिति संयोजक पदम सेनले विशेष आग्रह गरेका छन् ।
जिल्लामा हालसम्म भएका महोत्सवहरुमा जिल्लाबासी एक जुट भएर लागेको इतिहास बाणगंगा वासीले बनाएका छन् ।
कसले कहिले कसरी महोत्सवको नेतृत्वगरे ? २०६५ बाट सुरु भएको कपिलवस्तु महोत्सवको पहिलो संयोजकको रुपमा स्थानीय समाजसेवी स्व। शंकर प्रसाद आचार्य रहेका थिए तर दुःखद् आचार्य हामी माझ १४ औं कपिलवस्तु महोत्सवमा हुने छैनन । त्यसैगरी दोस्रो महोत्सव संयोजकमा तत्कालिन कपिलवस्तु व्यापार संघका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले रहेका थिए ।
तेस्रो महोत्सव संयोजक यस क्षेत्रका चर्चित समाजसेवी स्व। शेरबहादुर क्षेत्रीले गरेका थिए । चौथो महोत्सव पनि व्यापार संघले आयोजना गरेको थियो जसको संयोजक देवी पाण्डेले गरेका थिए । पाँचौ महोत्सव भने युवाहरुको काँधमा रहेको थियो जसमा संयोजक बाणगंगा वेयलफेयरका पूर्व अध्यक्ष पदम सेनले गरेका थिए । छैठौ र आठौं महोत्सव संयोजक कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद भट्टराईले गरेका थिए ।
सातौ, नवौं र एघारौ महोत्सव बाणगंगा वेयलफेयरका अध्यक्ष राजकुमार खाँणले हाकेका थिए र १४ औं महोत्सवलाई पनि खाँणले नै हाक्दै छन् । १० औं कपिलवस्तु महोत्सवको नेतृत्व विशेष पहिचानका साथ उद्योग वाणिज्य संघका अध्यक्ष समाजसेवी उमानाथ पौडेलले गरेका थिए ।
वि।सं। २०७७ मा लाग्ने महोत्सवका कोरोनाका कारण स्थगित हुन पुगेको थियो । १२ औं कपिलवस्तु महोत्सव र १३ औं कपिलवस्तु महोत्सवको नेतृत्व कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले गरेका थिए ।
कपिलवस्तु जिल्लाको ऐतिहासिक तथा धार्मिक विकास, उद्योग व्यवसायको प्रवद्र्धनका लागि महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
प्रतिक्रिया