ब्रेकिंग न्युज

यहा भन्दा अनौठो के हुन्छ ? सरकारकै गृहमन्त्री सरकार विरुद्धको सडक संघर्षमा



भैरहवा २३ मंसिर । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै भैरहवामा भएको अनिश्चितकालीन आन्दोलन तथा विरोध प्रदर्शनमा लुम्बिनीका गृहमन्त्री तथा सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयसहितका नेताहरुले ऐक्यवद्धता जनाएका छन् । सिद्धार्थ सञ्जाल रुपन्देहीको संयोजनमा सुरु भएको प्रदर्शनमा विभिन्न संघ(संस्थाहरुले साथ दिइरहेका छन् ।प्रदर्शनपछि बुद्धचोकमा आयोजित कार्यक्रममा गृहमन्त्री पाण्डेयले विमानस्थल सञ्चालन नआएसम्म प्रदेश सरकारले नेतृत्व लिएर सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले यो राष्ट्रमा नेतृत्व गर्ने व्यक्तिहरुले आन्दोलन नगरेसम्म र शक्ति नदेखाएसम्म अधिकार नदिएको बताए ।
उनले भने, ‘सिद्धार्थ सञ्जालले प्रधानमन्त्री, पर्यटनमन्त्री र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदा म पनि उपस्थित रहेको थिएँ । नेतृत्वमा रहेका व्यक्तिले काठमाडौंलाई नेपाल र नेपाललाई काठमाडौं बुझ्नुहुँदैन ।’मन्त्री पाण्डेयले अब १२ जिल्लाका व्यक्तिहरु आन्दोलनमा सहभागी हुने बताए । उनले भने, ‘विमानस्थल पूर्ण सञ्चालनका लागि सरकारबाट हटेर भए पनि नेतृत्व गर्नुपरे गरौंला ।’विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानको माग गर्दै शुक्रबार भैरहवामा शान्तिपूर्ण जनदबाब ¥याली तथा विरोध प्रदर्शन गरिएको सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए ।देवकोटाचोकबाट सुरु भएको ¥याली बैंकरोड, नारायणपथ, बर्मेलीटोल हुँदै बुद्धचोकमा पुगेर समापन भएको थियो । ¥यालीमा सहभागीहरुले विमानस्थल सञ्चालनको माग गर्दै नाराबाजी गरेका थिए ।¥यालीमा गृहमन्त्री पाण्डेयसहित, संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे केसी, सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिहरु, उद्योगी, व्यवसायी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि एवं नगरबासीहरुको सहभागिता रहेको थियो ।सिद्धार्थ सञ्जाल, रुपन्देहीका संस्थापक अध्यक्ष अनिलकुमार ज्ञवालीले विमानस्थलको टिकट नकाटेर आन्दोलनमा साथ दिन आग्रह गरे । उनले विमानस्थल सञ्चालनका लागि विशिष्ट व्यक्तित्वहरुलाई ज्ञापनपत्र बुझाइसकेको र माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । उनले भने, ‘आन्तरिक हवाइ उडान बन्द गर्नु अगावै हाम्रो माग पूरा होस् । नेपाली जनताको करबाट बनेको विमानस्थल हो । यसलाई सञ्चालन गर्नैपर्छ।’
सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल सञ्चालन हुने भनेर विमानस्थल सञ्चालन भए यहाँ पचासौं लाख पर्यटक यहाँ आउने बताए । उनले विमानस्थल नचल्दा उद्योगी(व्यवसायी दयनीय अवस्थामा रहेको बताए ।संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले यो आन्दोलनलाई सानोतिनो नठान्न आग्रह गरे । उनले सरकारको आँखा नखुलेसम्म आन्दोलन जारी रहने बताए । नगरप्रमुख खानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १–१ मिनेटमा उडान हुनुपर्नेमा जोड दिए । उनले भने, ‘लुम्बिनीको विकासले मात्र सरकारको विकास हुन्छ ।’लुम्बिनी प्रदेश सदस्य देवीप्रसाद चौधरीले विमानस्थल सञ्चालनले सबैलाई लाभ हुने बताए । उनले प्रदेशमा कुरा उठाउँदा उठाउँदै पार नलागेपछि सडकमा आउनुपरेको बताए ।प्रदेशसभा सदस्य हेमा बेल्बासे ९केसी०ले सरकार सुतेजस्तो गरेको बताइन् । उनले आन्दोलन सफल पार्न सडकदेखि सदनसम्म आवाज उठाउने बताइन् ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले कुनै पनि अन्तर्राष्टिय उडान सञ्चालन हुन नसक्दा अरबौं लगानी गरेर होटल व्यवसायी धरासायी बन्दै गएको बताए ।नेपाल टुर एण्ड ट्राभल्स एजेण्टस् (नाट्टा) लुम्बिनी प्रदेशका उपाध्यक्ष चन्द्र बहादुर थापाले यो आन्दोलनले सार्थक रुपमा लिने र सबैको साथ रहने विश्वास व्यक्त गरे ।
नेपाल इञ्जिनियरिङ एशोसिशयन लुम्बिनी प्रदेशका सभापति शैलेन्द्र प्रसाद श्रेष्ठले डेढ करोड नेपालीले प्रयोग गर्नुपर्ने यो विमानस्थल त्यसै थन्काइएको बताए । उनले विभिन्न स्वार्थ लुकेको बताए ।नेपाल चेम्बर अफ कमर्श, लुम्बिनी प्रदेशका महासचिव जेपी कंडेलले कुनै हालतमा पनि विमानस्थल सञ्चालन गर्नुपर्ने बताए । होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेले विमानस्थल सञ्चालनका लागि हरेक आन्दोलनमा आफूहरुको ऐक्वद्धता रहेको र यसमा सम्पूर्ण भैरहवाबासीले साथ दिनुपर्ने बताए ।नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष यम प्रसाद पाण्डेले सिद्धार्थ सञ्जालको आन्दोलनमा साथ रहने बताए । सिद्धार्थ सञ्जाल, रुपन्देहीका सल्लाहकार डा। शान्तकुमार शर्माले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

प्रकाशित : २३ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६