दाङ, २३ मंसिर । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा एक महिला आगो लागेर गम्भीर घाइते हुनुभएको छ । खाना पक्राउने क्रममा आफूले लगाएको धोतीमा आगो सल्किँदा तुलसीपुर–७ बस्ने ६९ वर्षीया दुर्पेता जैसी गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
आगोले छाती र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । घाइते जैसीलाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।
प्रतिक्रिया