प्रदेश

नाडा लुम्बिनीमा गणेश भट्टराईकै नेतृत्व



कपिलवस्तु, २४ मंसिर ।

अटोमोबाईल्स ब्यवसायीहरुको हकहितका लागि स्थापना गरिएको लुम्बिनी अटोमोबाईल्स एशोसियन अफ नेपाल (नाडा लुम्बिनी) को तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट पुनः गणेश प्रसाद भट्टराईको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ।

शनिबार सम्पन्न भएको अधिवेसनबाट संस्थागत उपाध्यक्ष नरेन्द्र बहादुर वली, वरिष्ठ उपाध्यक्ष रोशन पाण्डे, उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, महासचिव राम प्रसाद बेल्बासे, कोषाध्यक्ष नारायण प्रसाद पौडेल, सहकोषाध्यक्ष चन्द्रदीप जोशी, सचिव विवेक कुमार श्रेष्ठ, सहसचिव तिलकराम पाण्डे तथा सदस्यहरुमा दिपक ओली, कमलप्रसाद न्यौपाने, प्रवेश भट्टराई, रमेश श्रेष्ठ, दिनेश अमात्य, थिरेन्द्र श्रेष्ठ, दिपक पौडेल, ओमहरि आचार्य, केशव पाण्डे तथा बालकृष्ण पाण्डे सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद पाण्डेले बताए ।

एशोसियसनका नवनिर्वाचित अध्यक्ष अध्यक्ष गणेश प्रसाद भट्टराईले ब्यवसायीहरुको हकहितमा रहेर वार्षिक योजनासहितका कार्यक्रम गर्ने बताए ।

प्रकाशित : २४ मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६