प्रदेश

वन पैदावार कपिलवस्तुको अध्यक्षमा सेन निर्वाचित




कपिलवस्तु, २४ मंसिर ।

नेपाल वन पैदावार उद्योग व्यवसायी सघं कपिलवस्तुको अध्यक्षमा रनेन्द्र सेन निर्वाचित भएका छन् । संघको चौथो अधिवेशन तथा छैंठौं साधारण सभाबाट सेनको अध्यक्षतामा १६ सदस्यीय समिति बनेको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा नुर मोहम्मद खाँ, बाणिज्य तर्फ उपाध्यक्षमा सुरेन्द्र पाण्डे, उद्योग तर्फ उपाध्यक्षमा कृष्णमान कोजु, महा–सचिवमा कल्याण टण्डन, सचिवमा नारायण थापा, सह–सचिवमा तिलक प्रसाद गैरे, कोषाध्यक्षमा उमलाल अर्याल, सह–कोषाध्यक्षमा संजय राय लगायत १६ सदस्यीय समिति निर्वाचित भएको हो ।

अध्यक्षमा निर्वाचित भए संगै अध्यक्ष सेनले काष्ठ व्यवसायीहरुको भावना बुझेर संघलाई अगाडि बढाउने बताए । उनले अध्यक्षमा निर्वाचित गराउन सहयोग गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्दै आगामी दिनमा रचनात्मक र सृजनात्मक सल्लाह सुझावको अपेक्षा रहेको बताए ।

प्रकाशित : २४ मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६