देश

गण्डकी र लुुम्बिनी प्रदेश जोड्ने कालीगण्डकीको राम्दीमा पक्की पुलको निर्माण शुरु



स्याङजा, २६ मंसिर । गण्डकी प्रदेश र लुुम्बिनी प्रदेश लाई जोड्ने गरी स्याङजाको गल्याङ नगरपालकिा १ राम्दी स्थित कालीगण्डकीमा पक्की पुल निर्माणको काम सुुरु भएको छ ।

सिद्धार्थ राजमार्ग निर्माण भएका बेला वि।सं २०२८ सालमा ट्रस सहितको फलामे पुल निर्माण भएको थियो । पछिल्लो समय पुल कमजोर बन्दै गएपछी १० टन भन्दा धेरै समान बोकेका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको थियो ।
५२ बर्षअघि बनेको पुल कमजोर भएपछि नयाँ पुल निर्माण सुरु भएको पुल सेक्टर पोखराका आयोजना प्रमुख तथा इञ्जिनियर आशिक रिजालले जानकारी दिनुभयो ।

रिजालका अनुशार २०८२ असार मसान्तभित्र निमार्णको काम सम्पन्न गर्ने गरी हिम सगरमाथा कन्स्ट्रक्सनले करीब २७ करोड ७१ लखको लागतमा निमार्णको काम अगाढी बढाएको हो ।
निर्माण हुन लागेको पुलको चौडाइ ११ मिटर तथा लम्बाइ १ सय ८ मिटर रहने छ । नयाँ बन्न लागेको पुलको भारवाहन क्षमता ४० टनसम्मको रहने छ ।

पुल बनेपछि ठुुला सवारीसाधन चल्ने भयकाले ब्यापार व्यवसायमा पनि सहज हुने स्थानीय शिवहरी अमात्यले जानकारी दिनुभयो ।।

प्रकाशित : २६ मंसिर २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६