प्रदेश

लमहीका एग्रोभेटमा छड्के अनुगमन, म्याद नाघेका बीउबिजन, बिषादी बरामद



दाङ, २६ मंसिर । दाङमा स्थानीय सरकारले एग्रोभेट पसललाइ लक्षित गरेर छड्के बजार अनुगमन गरेको छ । लमही नगरपालिकाले गरेको संयुक्त अनुगमनको क्रममा म्याद नाघेका बीउबिजन र बिषादी प्रशस्त मात्रामा फेला परेको अनुगमन टोलीमा सहभागी देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले जानकारी दिनुभयो ।

चार वटा एग्रोभेटबाट ७१ हजार ६६ रुपैयाँ बराबरको बीउबिजन, बिषादी, औषधीहरु बरामद गरिएको छ । नगरपालिकाले यसरी बरामद गरेको बीउबिजन, बिषादीहरु खाडल गनेर गाडेर नष्ट गरेको अनुगमन टोलीका संयोजक लक्ष्मी सुवेदीले बताउनु भयो ।

टोलीले बगार बाबा एग्रो भेट सेन्टरबाट तीन हजार सात सय, देउराली एग्रो भेट सेन्टरबाट १२ हजार दुई सय ४५, लाली गुराँस एग्रोभेट सेन्टरबाट १७ हजार ७९०, एस.एस. बिउ बिजन सेन्टरबाट ३७ हजार ३३१ रुपैयाँ गरी जम्मा ७१ हजार ६६ रुपैयाँ बराबरको उत्पादन मिति, उपभोग्य मिति र मुल्य नलेखिका म्याद गुज्रीएका बीबिजन, म्याद गुज्रिएका किटनासक औषधी जफत गरेको थियो ।

अनुगमन टोलीमा कृषि शाखा प्रमुख गंगा चौधरी, कमलराज चौधरी, पशु शाखामा कार्यरत संजय श्रेष्ठ, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरी, वडा प्रहरी कार्यालय लमहीका पूर्णबहादुर श्रेष्ठ लगायतको सहभागीता थियो ।

प्रकाशित : २६ मंसिर २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६