प्रदेश

गुल्मीमा जारी अभियानले पार्टीमा उर्जा पैदा भएको माओवादीको दाबी



गुल्मी, २६ मंसिर । नेकपा माओवादी केन्द्र गुल्मीले सञ्चालन गरेको अभियानले कार्यकर्ताहरुमा थप उर्जा पैदा भएको जनाएको छ । जनजनमा माओवादी घर–घरमा माओवादी विशेष रुपान्तरण अभियानले जनतामा थप उर्जाका साथ जोश र जाँगर पैदा भएको जिल्ला सचिव अशोक थापाले दाबी गरे ।

‘२०६४ सालपछि माओवादीमा जोडिएका असल कार्यकर्ताहरुका लागि पार्टीको नीति, सिद्धान्त र कार्यकर्तामा नयाँ रक्तसञ्चार पैदा गरेको छ भने पुराना पूर्णकालिन कार्यकर्ताका लागि थप आत्म विश्वासका साथै पुर्नताजगी पैदा भएको छ ।’ थापाले भने । अभियान अन्तरगतको कार्यक्रममा दर्शनशास्त्र, अर्थशास्त्र, संघीयता, पार्टी र सत्ता, संगठन, पार्टीको वर्तमान नीति तथा कार्यक्रम, नेपालसहित विश्व कम्युनिष्ट आन्दोलनको इतिहास लगायतका विषयमा क्रमश नेकपा माओवादीका केन्द्रिय सचिव हितमान शाक्य, स्थायी समिति सदस्य जोखबहादुर महरा,पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, पोलिटब्युरो सदस्य जगप्रसाद शर्मा, केन्द्रिय सदस्यहरु कमल चुँदाली, भविस्वर तिवारी,निमाकान्त डाँगीले प्रशिक्षण दिएका थिए ।

यस्तै अभियानमा लुम्बिनी प्रदेश सह सचिव पार्वती बिक, जिल्ला संयोजक युवराज केशी, सचिव अशोक थापा, प्रदेश सदस्य ज्ञानकुमार बुढा, प्रदेश परिषद सदस्यहरु, रामचन्द्र कंडेल, पदम पाण्डेलगायतकाले प्रशिक्षण गरेका थिए । धुर्कोट, मालिका, मदाने रेसुंगा, मुसिकोट, गुल्मीदरबार, छत्रकोट, रुरुक्षेत्र, कालीगण्डकी, चन्द्रकोट र सत्यवतीमा माओवादीले अभियान सम्पन्न गरेको छ ।

यसैगरी मंसिर २५ देखि पुस २० गतेसम्म पार्टी सदस्यता नविकरण सम्पन्न गर्ने, निश्क्रिय वार्ड कमिटिहरुको भेला, पुर्नगठन, सेल कमिटिहरु गठन गर्नुका साथै पुस ५ देखि स्थानीय कमिटिसहित जनपरिचालन गरीने माओवादीले जनाएको छ । रचानात्मक सामाजिक कार्यहरु जिल्लाका १२ वटै स्थानीय तहमा गर्ने गरी कार्यतालिका बनाएको सो पार्टीले जनाएको छ ।

प्रकाशित : २६ मंसिर २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६