प्रदेश

कपिलवस्तु महोत्सव स्थलमा वृहत रक्तदान कार्यक्रम हुंदै



कपिलवस्तु, २६ मंसिर । १४ औं कपिलवस्तु महोत्सवमा वृहत रक्तदान कार्यक्रम हुने भएको छ । कपिलवस्तु जेसीजका मुल समिति संयोजक तथा जेसीजका सल्लाहकार राजेन्द्र अर्यालको संयोजकत्वमा महोत्सवमा यहि मंसिर २७ गतेबाट ३ दिन वृहत रक्तदान कार्यक्रम हुने भएको हो ।

लायन्स क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनी, औषधी व्यवसायी संघ कपिलवस्तु तथा लियो क्लव अफ कपिलवस्तुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुने कार्यक्रमका संयोजक राजेन्द्र अर्यालले जानकारी दिनुभयो । भोलि अर्थात मंसिर २७ गते विहान ८ बजे सम्म सम्पर्कमा आउने संघ संस्थालाई आयोजकको रुपमा राखिने बताईएको छ ।

त्यस्तै भोलि ११ बजे बाट कार्यक्रम सुरु हुने र भोलि ५० प्वाईन्ट रगत संकलन हुने अपेक्षा रहेको संयोजक अर्यालले बताउनुभयो । कार्यक्रम ३ दिन सम्म निरन्तर हुने छ ।

प्रकाशित : २६ मंसिर २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६