प्रदेश

मनकामना संस्कृत गुरुकुलः महायज्ञको आय–व्यय सार्वजनिक




कपिलवस्तु, ०३ पौष ।
श्री मनकामना संस्कृत गुरुकुल प्रवर्द्धन समाज कपिलवस्तुद्धारा आयोजित श्रीमत्स्यपुराण पाठपारायण तथा श्रीमद्भागवत धनधान्याञ्चल २९ औँ ज्ञान–महायज्ञ २०८० को आय–व्यय सार्वजनिक गरिएको छ ।

एक कार्यक्रमको आयोजना गरि महायज्ञ सञ्चालन सहयोग जम्मा रु. ७ लाख ४७ हजार ८ सय ४, अक्षयकोष सञ्चालनमा रु.५ लाख ८ हजार २ सय ३४, भण्डारामा रु.४४ हजार ४ सय ४४, सन्ध्याकालीन आरती रु.८ हजार २ सय २६ र कूल आम्दानी जम्मा रकम १३ लाख ९ हजार ३ सय ८ रहेको छ भने खर्च ११ लाख ११ हजार ८ सय २६ रहेको तथ्यांक सार्वजनिक गरिएको हो ।

त्यसै गरी जिन्सी अनुमानित आम्दानी रु.३ लाख ४४ हजार ४ सय ८० भएको र सबै बाट प्राप्त भएको वास्तविक आम्दानी रु.८ लाख १ हजार ७४ रहेको छ भने वास्तविक खर्च रु. ११ लाख ११ हजार ८ सय २६ रहेको छ । महायज्ञका आर्थिक संयोजक कमल पौडेलले आय–व्यय सार्वजानिक गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले यो महायज्ञले यस क्षेत्रको धार्मिक र पर्यटन महत्व अझ बढेको बताउँदै प्रचार प्रसारमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले महायज्ञमा भएको आय–व्यय सरोकारवालाको रोहवरमा सार्वजानिक गर्नु उत्कृष्ट कार्य भएको बताउँदै मनकामना संस्कृत गुरुकुल प्रवर्द्धन समाज कपिलवस्तुद्धारा आयोजित महायज्ञ लाई धन्यवाद दिनुभयो ।

महायज्ञ मूल समिति संयोजक रविराज ज्ञवालीले महायज्ञ सफल पार्न सहयोग गर्नु हुने गुरु, सम्पुर्ण दान दाता, संघ संस्था, उपसमिति, बटुक, कर्मचारी लगायतलाई धन्यवाद दिदै आगामी दिनमा पनि महायज्ञलाई निरन्तरता दिने बताउनु भयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका ज्ञवालीले महायज्ञ मार्र्फत धार्मिक महत्व अझ बढेको बताउनुभयो ।

कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेल, बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष विश्व कार्की, पञ्च आधारभुत विद्यालयका प्रधानाध्यापक धनु गाहा, ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक गोपाल जंग रायमाझी लगायत विभिन्न राजनीतिक दल, संघ संस्था, विद्यालय, सामुदायिक वन, टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

त्यस्तै महायज्ञ उपसमिति संयोजक तथा सदस्य, बटुक, कर्मचारी र पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रम संस्थाका बरिष्ठ उपाध्यक्ष बालकुमारी पन्तको स्वागत मन्तव्य तथा महासचिव जगत रेग्मीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित : ३ पुस २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६