प्रदेश

पाँचसय छाडा पशुचौपया व्यवस्थापन गरेको बाणगंगाको दावी



कपिलवस्तु, ०४ पौष । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले छाडा पशुचौपया व्यवस्थापनमा अग्रसरता देखाएको छ । नगरभित्र हरेका छाडा पशुचौपयालाई तारबारसहित नगरका बिभिन्न ठाउँमा राख्न सुरु गर्दै नगरपालिकाले अग्रसरता देखाएको हो । नगरको यो अग्रसरतासंगै अहिले बाणगंगा नगरपालिकाको प्रशंसा समेत हुन थालेको छ ।छाडा पशुचौपाया ब्यवस्थापन तथा नियन्त्रण समितिका संयोजक समेत रहेका नगरका प्रवक्ता बिष्णु पौडेलले बाणगंगा नगरपालिका– २ मा अवस्थित बैजलपुर सामुदायिक बनमा २ सय, नन्दनगरमा १ सय गाईवस्तु राखेको जानकारी दिए ।

उनका अनुसार भलवाडमा १ सय, खारखानीमा ५० गाईवस्तु राखिएको छ भने लक्ष्मणघाटमा वडाध्यक्ष करुण टण्डनको नेतृत्वमा ४० बढी पशुचौपयाको व्यवस्थापन गरिएको छ ।उनले अब नगरलाई छाडापशुचौपया मुक्त नगरपालिका बनाउने दिशातर्फ आफुहरु अग्रसर रहेको बताए । दीर्घकालीन रुपमै समस्याको समाधान गर्न नगरपालिका लागी परेको उनको बताउनुभयो ।नगरप्रमुख चक्रपाणी अर्यालले माघसम्म ठोस नतिजा आउने गरी काम हुने बताए । छाडा पशुचौपयाले सिर्जना भएका विविध समस्याप्रति नगर विगतदेखि नै चिन्तित रहेको बताउँदै उनले दीर्घकालीन समाधान गरिने दाबी गरे ।

प्रकाशित : ४ पुस २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६