रुपन्देही १६ माघ । बुटवल उपमहानगरपालिकाले यही सातादेखि ६० वर्षदेखि माथिका ज्येष्ठ नागरिकहरुको घर घरमा पुगेर निःशूल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । बाआमासँग नगर प्रमुख निःशूल्क स्वास्थ्य परिक्षण तथा उपचार कार्यक्रमबाट घर घरमा पुगेर ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गरिने भएको हो । उपमहानगरपालिकाको कार्यालयमा भएको अभिमूखिकरणमा करिब २० हजार ज्येष्ठ नागरिक कार्यक्रमबाट लाभान्वित हुने बताईएको छ ।
ज्येष्ठ नागरिकसँगै अपाङ्गता भएका क र ख बर्गका ५ सय ९१ नागरिकहरुलाई पनि घरमै पुगेर निःशूल्क स्वास्थ्य सेवा प्रदान गरिने उपमहानगरपालिकाका जनस्वास्थ्य प्रमुख युवराज पाण्डेयले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिहरुको घरमै पुगेर डाक्टरबाटै स्वास्थ्य परिक्षण ,उपचार र परमर्श सेवा प्रदान गरिने र यो अभियानबाट २० हजार भन्दा बढि नागरिक लाभान्वित हुने उहाँले जानकारी दिनुभयो । यही साताबाट सुरु हुने अभियानबाट सर्ने , नसर्ने रोगको परिक्षण , पहिचान र उपचारले ज्येष्ठ नागरिक लाभान्वित हुने उहाँले बताउनुभयो।
प्रतिक्रिया