खोज–अनुसन्धान

ओलीको आत्मबोध- संसद्मा कहिलेकाहीँ ‘अनकन्ट्रोल बोल्दा गल्ती बोलेछु



काठमाडौं १७ माघ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद्मा बोल्दा अनकन्ट्रोल मिसाइल जस्तै निस्फिक्री धेरै हानेकोजस्तो बोध भएको बताएका छन् । संसदमा केपी शर्मा ओली ग्रन्थ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै संसदमा देश र जनताको निष्ठाभन्दा बाहिर नगएको उनकोे भनाइ छ ।

उनले भने, ‘मैले संसद्मा बोल्दा देश र जनताप्रतिको निष्ठाको साथ बोलेको छु । तर, अहिले आएर मलाई अलि बोध हुँदैछ । सावधानी साथ होसियार भएर बोल्नुपर्ने रहेछ । म यति निस्फिक्रीसाथ अनकन्ट्रोल मिसाइल जस्तै । मैले ड्याङ ड्याङ मिसाइल हान्दिने हो । त्यसको अर्थ सावधानीको कमी हो तर विचारमा त्रुटी होइन । मिसाइल मैले ठीक ठाउँमा ताकेर हानेको छु, तर एउटा हान्दा पुग्ने ठाउँमा कतिलेकाहिँ पाँच सातवटा हानेको छु ।’देश सही नीति र व्यवहारबाट अघि बढ्ने बताए । राजनीतिक परिवर्तनलाई सही दिशा दिएर जनताको साथ लिएर अगाडि बढ्न नसके निराशा बढ्ने बताए ।

प्रकाशित : १७ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६