कपिलवस्तु २० माघ ।निजि प्राबिधिक शिक्षालय महासंघ लुम्बिनी प्रदेशको तेस्रो अधिबेशन सम्पन्न भएको छ । CTEVT बाट सम्बन्धन लिएर संचालित सस्थाहरुको छाता संगठनका रुपमा बि स २०५५ स्थापित रहेको सस्थाले लुम्बिनी प्रदेशको अधिबेशन लुम्बिनी प्रदेशको राजधानी भालुबाङ स्थित होटल पौवामा सम्पन्न गरेको हो ।लुम्बिनी प्रदेशका माननिय मुख्य मन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष त्रिलोचन पौड्यालले गर्नुभएको थियो ।
कार्यक्रमा बिशिस्ट अतिथि महासंघ केन्द्रिय अध्यक्ष अरुण कुमार पान्डेय तथा CTEVT निर्देशक टैलेन्द्र आचार्य र अतिथिमा CTEVT लुम्बिनी प्रदेश उप निर्देशक यादव सुबेदी, महासंघ केन्द्रिय निबर्तमान अध्यक्ष बसन्तराज खनाल, महासंघ महासचिव भुवन चक्र जोशी, केन्द्रिय सचीव ध्रुब शर्मा, केन्द्रिय उपाध्यक्ष एवं सुदुर पश्चिम् संयोजक किशोर पान्डे लगाएतको उपस्थिती थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले निजि शिक्षण सस्थाले प्राबिधिक जनशक्ति उत्पादनको क्षेत्रमा गरेको योगदानको प्रशम्सा गर्दै निजि प्राबिधिक शिक्षण सस्थाका समस्या समाधान गरि प्राबिधिक शिक्षा र तालिमको क्षेत्रमा रिजल्ट आउनेगरी मिलेर काम गर्न आफू तयार रहेको बताउनुभयो । यस्तै गरि अध्यक्ष पौड्यालले सस्थाको प्रतिबेदन पढेर सुनाउनु भएको थियो भने कोषाध्यक्ष खिम प्रसाद पार्थेले सस्थाको आय ब्याय प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम संचालन निबर्तमान सचीव एवं बर्तमान केन्द्रिय कोषाध्यक्ष दोर्ण बहादुर ओलिले संचालन गर्नु भएको थियो । कार्यक्रममा बोल्ने अधिकाम्श बक्ताहरुले देशको अहिलेको नितिले CTEVT र प्राबिधिक शिक्षालयहरुको आगामी गन्तव्य अन्योल रहेको र CTEVT र CTEVT बाट सन्चालित शिक्षण सस्थाहरुको भबिस्यको बारेमा चिन्ता व्यक्त भएको थियो ।
अधिबेशनले ११ जनाको नयाँ कार्यसमिति सर्बसम्मत निर्बाचित गरेको छ । जस्मा अध्यक्ष त्रिलोचन पौड्याल, उपाध्यक्ष अरबिन्द्र आचार्य, सचिव खिम प्रसाद पार्धे, कोषाध्यक्ष रण बहादुर थापा,यसैगरी सदस्य हरुमा राकेश शर्मा, जीवन भण्डारी,जय प्रकाश वलि, किरण चौधरी, अमृत श्रेष्ठ,कुमार श्रेष्ठ रहनु भएको छ ।
प्रतिक्रिया