अर्थ-वाणिज्य

भूमिहीनलाई जग्गा उपलब्ध गराउन नाँपजाँच सुरु



गुल्मी २० माघ । गुल्मीमा भूमिहीनका लागि जग्गा उपलब्ध गराउन नाँपजाँच कार्य सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग गुल्मीमा आवेदन दिएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाँपजाँच कार्य सुरु गरिएको जिल्ला अध्यक्ष राम मल्ल ठकुरीले जानकारी दिनुभयो । जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र गाउँपालिका र चन्द्रकोट गाउँपालिकामा जग्गा नाँपजाँचको काम भइरहेको ठकुरीले बताउनुभयो । मुसिकोट नगरपालिका र रुरुक्षेत्र गाउँपालिकामा पहिलो चरणको नाँपजाँच कार्य सम्पन्न भएको र चेकजाँचको साथमा प्रमाणीकरणको कार्य भइरहेको मल्लले बताउनुभयो । यस्तै, चन्द्रकोट गाउँपालिकामा नाँपजाँचको काम भइरहेको उहाँको भनाइ छ । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले भूमिहीनका लागि जग्गाको मालिक बनाउन स्थानीय सरकारले पहिलो प्राथमिकता दिएको बताउनुभयो । पालिका भित्रका नागरिकलाई जग्गाको मालिक बनाउन आफूले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ ।

प्रकाशित : २० माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६