खोज–अनुसन्धान

प्रगतीशिल शिक्षाकालागि प्रदेश राजधानीमा खुल्यो चैतन्य पाठशाला




दाङ ३ फागुन । पुर्ण रूपमा व्यावहारिक शिक्षा प्रदान गर्न लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाटमा चैतन्य पाठशाला स्थापना भएको छ ।नयाँ ढंगबाट विद्यार्थीहरुलाई पठनपाठन गर्ने उद्देश्यले पाठशाला स्थापना गरिएको हो । विद्यालयले राप्ती गाउँपालिका–४ मौरीघाटमा पत्रकार सम्मेलन गरेर विद्यालयले कानुनी मान्यता सबै प्राप्त गरिसकेको, आगामी शैक्षिक सत्रदेखि कक्षा नर्सरी देखि ११ सम्मको पठनपाठन अघि बढ्ने जानकारी दिएको छ ।

विद्यार्थीहरुमा प्रगतिशील शिक्षा प्रदान गर्ने प्रमुख लक्ष्य राखेर पाठशाला स्थापना गरिएको पाठशालाका अध्यक्ष तथा प्रबन्धक डा।जीवराज आचार्यले बताए । ‘देउखुरी क्षेत्र शिक्षाको मामिलामा जिल्लाको तुलनात्मकरुपमा पछि परेको भए पनि प्रदेशको राजधानी कायम भएसँगै केही आशाका किरणहरु पलाएका छन् । तर वर्तमानमा सञ्चालित निजी स्तरका विद्यालयहरु परम्परागत शैली भन्दा माथि उठ्न सकेको देखिदैन’अध्यक्ष डाआचार्यले भने ‘गुणस्तरीय शिक्षाको खास अर्थसम्मै पुग्न नसकेको पाइन्छ । शिक्षाको विश्वव्यापी मान्यतालाई शिरोधार्य गर्दै खास विशिष्ट उद्देश्यले प्रेरित हुँदै यो क्षेत्रमा एउटा यस्तो विद्यालयको आवश्यकता महसुस भएको छ । जसले साँचो अर्थमा प्रगतिशील शिक्षा प्रदान गर्न सकोस्, जहाँ अध्ययन प्रत्यक्षरुपमा सिकाइ, व्यवहार र उपयोगितासँगै हिड्न सकोस् ।’

अब्बल र सबल हुँदै विश्वव्यापी मान्यताका आधारमा विद्यालय सञ्चालन गर्नु र ती मान्यतामा रहेर देश, क्षेत्र र परिवेश सुहाउँदो, सक्षम नागरिक तयार गर्ने ध्यये राखेर चैतन्य पाठशाला सञ्चालनमा आएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । विद्यार्थीको मनोविज्ञान बुझेर पठनपाठनको शैलीलाई पनि बदलिने भएकाले विद्यार्थीले पूर्ण सिकाइ प्राप्त गर्ने पाठशालाका प्रिन्सिपल सुषमा रेग्मीले जानकारी दिए । ‘विद्यार्थीहरुको पढाइप्रति रुची बढाउन उसको मनोविज्ञानको अध्ययन हुन्छ । त्यही आधारमा हामीले पठनपाठनको शैली बदल्छौं’– उनले भने ‘विद्यार्थीलाई जीवनपयोगी सीपहरु सिकाइन्छ ।’ पाठशालाले थोरै विद्यार्थी राखेर कक्षा सञ्चालन गर्ने, कक्षा ५ सम्म बिहान ९ बजेदेखि अपराह्न्न ४ बजेसम्म र कक्षा ६ देखि १२ सम्म विहान ७ बजेदेखि साँझ ५ बजेसम्म पढाइ सञ्चालन गरिनेछ । विद्यार्थीको मनोवैज्ञानिक पक्षलाई प्राथमिकतामा राखिने, गर्दै सिक्दैको अवधारणा, ठूला र सुविधायुक्त कक्षाकोठाको व्यवस्था गरिने विद्यालयले जनाएको छ । पत्रकार सम्मेलनको सञ्चालन पाठशालाका सञ्चालक बसन्तराज भट्टराईले गरेका थिए ।

प्रकाशित : ३ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६