अन्तर्राष्ट्रिय

गोर्खा सैनिकलाई ठगीको आरोप : बेलायतमा रहेका कानुन ब्यावसायी राजु थापा विरुद्ध पक्राउ पूर्जी जारी




काठमाडौं ५ फागनु । बेलायतको आवासीय भिषाको लागि कानुनी सेवा उपलब्ध गराउने नाममा ठगी गरेको आरोपमा बेलायतमा रहेका कानून व्यवसायी राजु थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।भूतपूर्व गोर्खा सैनिकका सन्तानलाई आवासीय भिसा मिलादिने गिरोहका मुख्य योजनाकार केही दिनअघि पाँचथरबाट पक्राउ परेका सुर्य नेम्वाङको बयानका आधारमा इमिग्रेसन लयर मानिने थापाविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

नेम्वाङले थापालाई आफूले भिसा मिलाइदिन भनेर पैसा संकलन गरेर बुझाउने गरेको बयान दिएका छन् ।थापा बेलायतका नेपालीहरुबीच भने प्रतिष्ठित इमिग्रेसन लयर हुन् । भूतपूर्व गोर्खा सैनिकका सन्तानलाई आवासीय भिसा उपलब्ध गराउने बाहानामा ठगी गरेको उजुरी परेको थियो । थापाले बेलायतको लण्डनस्थित ब्रोडवे इलिङस्थित सेन्ट्रल च्याम्बरमा एभरेष्ट ल सोलिसिटर्स नामक कम्पनी सञ्चालन गर्दै आएका थिए ।उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले ठगी आरोपमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको हो । बेलायतमा रहेका थापाविरुद्ध करोडौं ठगी गरेको आरोप छ । भिसा लगाइदिने नाममा ठगी गरेको तथ्य भेटिएपछि थापालाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले पुर्जी जारी गरेको हो ।जिल्ला अदालत काठमाडौंले राजु थापासँगै उनका नेपाली साझेदार समी काछी रोजी श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

‘फरार प्रतिवादीहरु राजु थापा र समी काछी रोजी श्रेष्ठका नाममा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५७ कमोजिम पक्राउ पुर्जी जारी गरी भएको हो । अदालतले फागुन २ गते थापा र श्रेष्ठको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।
थापाका सहयोगीको रुपमा काम गरीरहेका नेपालमा रहेका भूतपूर्व गोर्खा सैनिक सूर्यकुमार नेम्वाङ पक्राउ गराएपछि थापाको ठगि धन्दा खुलेको हो । पाँचथरको फिदिम नगरपालिका–४ निवासी नेम्वाङलाई केही समयअघि प्रहरीले पक्राउ गरी अदालतमा पेश गर्दा दोषी ठहर हुने अवस्था नरहेको र ठगीमा थापासहितका व्यक्तिहरु संलग्न रहेको ठहरसहित रिहा गरेको छ ।लण्डनमा बसेर आफ्नो ल फर्ममार्फत केस दर्ता गर्ने शुल्क लिएर पनि थापाले कुनै पक्रिया अघि नबढाउँदा झण्डै ५ सय जना पीडित बनेका छन् ।

प्रकाशित : ५ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६