नेपाल सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा चर्चित गायिका एवं भिक्षुणी आनी छोइङ् डोल्मालाई नियुक्त गरेपछि विवाद बढेको छ । जसले नियुक्ति पाउने आस गरेर आवेदन दिएका थिए उनीहरुले पाएनन् । अनि जसले आवेदनै दिएकी थिइनन्, उनैलाई किन दिइयो र तोकिएको मापदण्ड पुरा गरेका आवेदकहरुलाई झुक्याइयो भनेर । अझ त्यसभन्दा बढी आनीको नागरिकता र सम्पत्ति छानबिनमा समेत विवाद रहेको बताइएको छ । आफुमाथि लगाइएका आरोपका बारेमा आनीले सामाजिक
सञ्जालबाटै जवाफ दिएकी छन् – सम्पत्ति सुद्धिकरण र नागरिकता दिने निकायमा गएर बुझ्न अनुरोध गरेर ।’ आनीको विरोध र समर्थन गर्नेहरुका आ–आफ्नै तर्क र स्वार्थ होलान् । तर त्यसले पु¥याउने क्षति सानो हुने छैन । किनकि दलीय राजनीतिकरणले ध्वस्त पारेका कोष, संस्था र संस्थानलाई चलाउन सोचेजस्तो सहज छैन । विश्वभरिका बुद्ध धर्मावलम्बी देश सहित संयुक्त राष्ट्र संघीय निकायबाट विश्वास आर्जन गर्न धेरै गाह्रो
पारिएको छ । संयुक्त राष्ट्र संघका महासचिव ऊ थान्तको पहलमा सन् १९६७ बाट लुम्बिनीको पुनरोद्धारको प्रयास नगरिएको भए
के हुन्थ्यो रु भन्न सकिन्न । धन्न ऊ थान्त नेपाल आए, लुम्बिनीको दुर्दशा देखेर रोए । त्यसपछि जे गराउने प्रण गरेका थिए, त्यसका लागि संयुक्त राष्ट्र संघकै मातहतमा रहने गरी अन्तर्राष्ट्रिय समिति बनाए । लुम्बिनीको विकासका लागि जापानी वास्तुकलाविद केञ्जो टाँगेलाई गुरु योजना बनाउन लगाएर सहयोग जुटाइदिने आधार समेत तयार पारिदिएका थिए । गुरु योजना बनाएको आधा शताब्दी पुरा हुन लाग्दा पनि कार्यान्वयन गर्न सकिएको छैन । लुम्बिनीका नाममा नेपालीहरुले आपसमै गरेका
हर्कत् हेरेर दातृ राष्ट्रहरुले समेत कस्तो मान्दा हुन् भनेर कसैले सोचेको देखिदैन ।लुम्बिनी विकास कोषलाई राजनीतिक भर्ति केन्द्र
बनाएर बिगारिएको छ र केञ्जो टाँगेले बनाइदिएको गुरु योजनालाई पनि बिकृत पारिएको छ । जस्तै भद्र, शालीन र अन्तराष्ट्रिय ख्यातिप्राप्त सज्जन व्यक्तिलाई नियुक्त गरे पनि काम गर्न सहज छैन । हरेक दलले भर्ति गरेका कर्मचारीले राम्रो काम गर्नै दिदैनन्, अबरोध गरिराख्छन् । बनाउने भन्दा बिगार्नेहरुको बाहुल्यता छ । त्यसैले संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक एवं साँस्कृतिक संगठन ९युनेस्को० ले विश्व सम्पदामा सूचिकृत गरेपछि पनि खतराको सूचिमा राख्नपर्ने अवस्था तयार पारेको हो । आनीको विरोध गर्नेहरुका बारेमा धेरै कुरा गर्नै पर्दैन । किनकि भगवान गौतम बुद्धको अवतरणस्थल मात्रै हैन लुम्बिनी, विश्व शान्ति स्तुप बनाइरहेका जापानी भिक्षु नामातामेलाई शहीद बनाउने ठाउँ पनि हो । त्यसैले पनि विचार गर्न पर्ने हुन्छ, देखिन्छ ।सरकारले जे सोचेर आनीलाई खोजेर, सोधेर, मनाएर, नियुक्ति दियो रु उसैले जानोस् । आनीले पनि जे गर्न भनेर नियुक्ति लिन तयार भइन्, उनैले विचार गरेकी होलिन् । तर बाहिरबाट हेर्दा र बुझ्दा जस्तो देखिन्छ लुम्बिनी, त्यस्तो छैन । त्यहाँ भित्र पसेर, बसेर, गहिरो अध्ययन गर्नेले बुझेर भन्न सक्छ – दलीय दस्यु दस्ताको कब्जामा परेको जस्तो ।’ अब सबैले सोचे हुन्छ नतिजा निस्कला कस्तो
श्रोत बुद्ध दर्पण राष्ट्रिय दैनिक
१२ कार्तिक २०८३, बुधबार









प्रतिक्रिया