अर्थ-वाणिज्य

सिद्धार्थ बिद्यामन्दिरमा खाना महोत्सव : हिमाल पहाड र ताराईका बिभिन्न परिकार पकाईए



कपिलवस्तु ६ फागुन । ब्यवहारिक ज्ञान र सिप बढाउन तौलिहवा स्थित सिद्धार्थ बिद्यामन्दिर बोर्डिङ स्कुलमा बिद्यार्थीहरुले खाना महोत्सव गरेका छन । सधै जसो लेख्न पढन र खेल्न मै समय ब्यक्ति गर्ने उनीहरुले बिद्यालयमा खानाका बिभिन्न परिकार बनाई महोत्सव गरेका हुन । महोत्सव अन्र्गत बोडिङमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत बिद्यार्थीहरुले खानाको बिभन्नि परिकार बनाई प्रर्दशन गरेका हुन । महोत्सवमा ८ समुहले बिभिन्न खानाका परिकार बनाई प्रर्दशन समेत गरेका थिए । बोडिङ स्कुलका प्राचार्य विकास अर्यालले गत बर्ष खाना पकाउने प्रतियोगीता गरिएकोमा यस बर्ष खाना महोत्सव गरिएको बताए । उनले बिद्याथीहरुलाई सिप, सामुहिकता र ब्यवस्थापनको ज्ञान दिन यो कार्यक्रम गरिएको बताए ।

उनले घरमा आफना आमा बुवालाई समेत सघाउने गरी पाक शिक्षा तर्फ समेत अग्रसर रहन यो कार्यक्रमले भुमिका खेल्ने बताए । पढाईसंगै अतिरिक्त क्रियाकलाप अन्र्गत खाना महोत्सव गरिएको बिद्यालयका संचालक गुनाखर गैरले बताए । ८ समुहले हिमाल पहाड र ताराईका बिभिन्न परिकारहरु बनएका थिए । मुस्लिमको सेवाई, थारुको ढेकरी, फारा, नेवारको चुकौनी, तराईको छाले भटुरे पहाडको कोदो रोटी लगातयका परिवाहर बिदार्थीहरुले पकाएका थिए । पुलाउ, पनिरको तरकारी , पुडी , दही,सलाद, भात, लालमन लगायतका परिकारहरु पकाएर प्रर्दशन गरेका थिए । उनीहरुले आवश्यक पर्ने भाडा कुडा, सामाग्रीहरु आफै ब्यवस्थापन गरेका थिए । समुह मिलेर बिभिन्न परिकारहरु पकाएर अतिथी, बिद्यालयका शिक्षकहरुलाई परिकारका स्वाद समेत चखाएका थिए ।

पाहुनाहरुले खाए पछि आफुले समेत खाएका थिए । कार्यक्रममा बिदार्थीहरुको उत्साहजन सहभागीता थियो । कार्यक्रममा सहभागी हुन पाउदा बिदार्थीहरु निकै खुशी देखिन्थे ।कार्यक्रममा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल, सुद्धोदन गाउपालिकाका प्रमुख कमलेशशरण चौधरी, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्याल, शिक्षा तथा समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरे, समाजसेबी टिकाराम अर्याल, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य लगायतको टोलीले बिद्यार्थीहरुले बनाएका खानाका परिकारहरु अवलोनकन परिकारको स्वाद लिएका थिए । बिद्यार्थीहरुले गरको मिहीनेतका कदर गर्दै मेयर पौडेले ८ वटे समुहलाई नगद एक हजारका दरले परुस्कृत गरको थिए । उनले बिद्यार्थीहरुको यो प्रयास अति राम्रो रहेको बताए ।
‘ बिद्यार्थीहरुले सबै परिकारहरु मीठो बनाएका छन, खादा आनन्द आयो ’ उनले भने । सबै बिद्यालयहरुको यस्ता रचनात्मक र ब्यवहारिक कुरा बिद्यार्थीहरुलाई सिकाउनु पर्ने उनले बताए । सुद्धोदन गाउपालिकाका प्रमुख चौधरीले बिद्यार्थीहरुको बनाएको खाना निकै स्वादिलो रहेको बताए ।उनले हिमाल पहाड र तराईका परिकारहरुको स्वाद लिन पाउदा मन आन्दीत भएको उनले बताए । बिद्यालयका संचालक गुनाखर गैरले बिजयी हुने टोलीलाई बिद्यालयले बार्षिक उत्सवमा पुरस्कुत समेत गरिने बताए । बिजेता घोषित गर्न बिद्यालयले मुल्यांक समिति समेत बनाएको छ । बिद्यालयमा आगामी दिनहरुमा यस्ता ब्यवहारिक र सीपमुलका कार्यक्रम समते संचालन गरिने गैरले बताए ।

प्रकाशित : ६ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६