खोज–अनुसन्धान

गुरूकुल एकेडेमीको बिशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक



दाङ १२ फागुन । शैक्षिक -सत्र २०८१ बाट तुलसीपुरमा पनि सञ्चालन हुन लागेको गुरूकुल एकेडेमीले बिशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । विद्यालयले तुलसीपुरमा आज ९शुक्रबार० पत्रकार सम्मेलनको आयोजना गरेर विशेष छात्रवृत्ति योजनाका बारेमा जनाकारी गराएको हो ।त्रकार भेटघाट कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले पढाईमा क्षमतावान भएर पनि विभिन्न समस्याले सोचेको विद्यालयमा भर्ना हुन नसकेका विद्यार्थीलाई लक्षित गरेर निस्शुल्क पढाउन विशेष योजना ल्याईएको बताए । विद्यालयले सार्वजनिक गरेको छात्रवृत्ति योजना अनुसार गुरूकुल एकेडेमी तुलसीपुरको फेसवुक पेजमा सो कार्यक्रममा सहभागिताका लागि आवेदन फाराम राखिएको छ।
सोही फाराम भरेर कक्षा ६ देखि ९ सम्म निशुल्क अध्ययन गर्न चाहाने विद्यार्थीले आवेदन दिन सकिने प्रधानध्यापक गिरीले जानकारी दिए । उनका अनुसार प्राप्त आवेदनमध्यबाट ४ जिपिए ल्याउने नेपाल सरकारले तोकेको मापदण्ड अनुसार १० प्रतिशत बिद्यार्थीलाई यातायात र खाना खाना बाहेक अध्ययन गर्न अन्य कुनैपनि शुल्क लाग्ने छैन । विद्यालयले किताबी ज्ञानले मात्र विद्यार्थीले पूर्णता नपाउने भन्दै व्यवहारीक ज्ञानमा जोड दिदै आएको छ ।
माटो सुहाउदो ज्ञान प्रदान गर्ने उदेश्यले तुलसीपुर(६, गोलौराबाट पनि शैक्षिक -सत्र २०८१ बाट अध्यापन सुरू हुन लागेको बिद्यालय पूर्ण प्रबिधिमैत्री कक्षा निर्माण, स्विमिङ पुल, फुटसल लगायतको सुबिधा सहित तीन विगाह क्षेत्रफलमा फैलिएको छ । हरेक कक्षामा २५ जना मात्र विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेकोमा विहिवार र शुक्रवार अतिरिक्त कृयाकलापमा ईच्छा अनुसार विभिन्न कल्वमा सहभािगता जनाउन सकिने विद्यालयले जनाएको छ।

प्रकाशित : १२ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६