ब्रेकिंग न्युज

बाणगंगामा ३४ हजार ४ सय १२ बालबालिकालाई खोप




सरिता थारु
कपिलबस्तु १८ फागुन । कपिलबस्तुको बाणगंगा नगरपालिकामा शुक्रबार देखि दादुरारुवेला विरुद्धको खोप अभियान सुरु भएको छ । शुक्रबार एकै साथ पालिकाको ३ स्थान वडा नंं २ को जनता मावि पिपरा, ८ को युनाईटेड स्टुडेन्ट एकेडेमि चपरगाँउ र वडा नंं ११ को हेमराज मावि हथौसाबाट खोप अभियानको सुरुवात गरिएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । दादुरा–रुवेलाको जोखिमबाट आफ्ना बालबालिकालाई बचाउनका लागि अभिभावकहरु सचेत बनेर खोप लगाउन लाग्नुपर्ने उहाले बताउनुभयो । सानो लापरवाहीले पछि ठुलो क्षति समेत हुने जोखिम भएकाले त्यसतर्फ समयमै सचेत हुनुपर्ने उहाको भनाई छ ।
९ महिना देखि १५ बर्ष सम्मका कुल ३४ हजार ४ सय १२ बालबालिकालाई खोप लगाउने बाणगंगा नगरपालिकाको लक्ष्य रहेको छ । खोप लगाउनका लागि नगरपालिका भित्र ९५ वटा खोप केन्द्र निर्धारण गरिएको छ । खोप अभियानमा खोप कार्यकर्ता २८ जना, ५५ जना अन्य स्वास्थ्यकर्मी ,१ सय १२ जना महिला स्वास्थ्यस्वयमसेविका र अन्य विद्यालयका शिक्षक स्वयमसेवक गरि कुल ३ सय ९ जना जनशक्ति परिचालित भएको स्वास्थ्य शाखा अधिकृत भक्तिराम पाण्डेले जानकारी दिनुभयो । साथै उहाले नगरबासीमा उमेर समुह पुगेका आफ्ना सबै बालबालिकालाई खोप लगाउनुहुन अभिभावकसंग आग्रह समेत गर्नुभयो ।

प्रकाशित : १८ फाल्गुन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६