खोज–अनुसन्धान

समयमाई चोक देखि गौढी सम्मको बाटो निर्माण अलपत्र




कपिलवस्तु १९ फागुन ।तौलिहवाको समयमाई चोक देखि गौढी सम्मको बाटो निर्माण कार्य अलपत्र परेको छ । दाया र बाया दुबै तर्फको सर्भिस लेनको बाटोे निर्मााण कार्य लामो समय देखि अलपत्र अवस्थामा छ । जसले गर्दा यात्रुहरुलाई सो बाटामो हिडन गाह्रो परेका छ । भिक्षु चोक देखि गौढी चोक सम्मको बाटो समेत जीर्ण अवस्थामा छ ।यस्तै दुर्घटनाको पनि उत्तिकै जोखिम बढेको छ । ठेकेदार कम्पनी गंगोत्री निर्माण सेवाले सो बाटो निर्माणमा बेवास्ता गरी अलपत्र छाडे पछि सो बाटामा आउजाउ गर्न मुस्लिम परेको छ । यस्तै सो क्षेत्रका ब्यापारीहरु समेत मर्कामा परेका छन ।
अहिले त्यहा दिनुह जसो दुर्घटना बढदै गएको छ । ठेकेदार कम्पनी गंगोत्री निर्माण सेवाले २०७८ साल मै ठेक्का संझौता गरी पटक पटक म्याद थपेर २०८० असार भित्र संपन्न गर्नु पर्ने काम अझ अधुरै छ । ठकेदारले काम अधुरै छाडेको र निर्माणमा कुनै चासो नदेखाएकाले सो बाटो अलपत्र अवस्थामा रहेको राजन टेन्ट हाउसका मालिक मोहोम्मद जमाले बताए । त्यस क्षेत्रका ब्यापारीहरुको ब्यापार सडकको अवस्थाका कारण चौपट भएको उनले बताए । पटक पटक सम्बन्धित निकायलाई जानकारी र ध्यानकर्षण गराउदा समेत सो बाटो निर्माणमा कसैले चासो नदिएकोउनले गुनासो गरे । सर्भिस लेन नबन्दा सो खण्डमा रहेको ब्यापारीरुको ब्यापारमा निकै कमी आएको उनले बताए ।
सडक खन्डकालागि ६ लाख मात्र बाकी रहेकोमा बिद्युतले पोल सार्न १४ लाख बढी लागत लाग्ने देखाए पछि झनै अन्यौल छाएको छ । भिक्षु चोक देखि गौढी सम्मको १३ सय मिटरको बाटो निर्माण कार्य ३ बर्ष अघि नै सुरु गरिएको थियो । दुबै तर्फ सर्भिस लेनकालागि पहिलो चरणमा रोलिङ गर्ने काम अघि बढाइएको थियो । १३ सय मिटर मध्ये ५ सय मिटर पिच र सर्भिस लेन पक्की निर्माण भई सकेको छ । मनकामना निर्माण सेवाले भिक्षु चोक देखि समयमाई चोक सम्मको सर्भिस लेन र नाली निर्माणको काम संपन्न गरी सकेको छ ।

प्रकाशित : १९ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६