ब्रेकिंग न्युज

सामाजिक एकता र दलहरुबीचको एकतामा जोड



कपिलवस्तु ३१ असोज

नेपाली कांग्रेस बाणगंगाले विजया दशमी, शुभदीपावली तथा छठ पर्व २०८३ को अवसरमा शुभकामना आदानप्रदान, स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वक्ताहरूले चाडपर्वले आपसी सद्भाव, सामाजिक एकता र राजनीतिक दलहरूबीच सहकार्यको भावना बलियो बनाउने बताएका छन्। कार्यक्रममा बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्याल, नगर प्रवक्ता विष्णु पौडेल, नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि राजेश सिंह,नगर्का प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे, क्षेत्र नं. १ का सभापति अब्दुल मन्नान खाँ, क्षेत्र नं. २ का सभापति गोपीकृष्ण शर्मा तथा कांग्रेस बाणगंगा नगर सभापति विष्णु न्यौपानेलगायतको सहभागिता रहेको थियो। त्यसैगरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका केन्द्रिय सदस्य विश्व कार्की, सामुदायिक टेलिभिजन तथा रेडियो बुद्ध आवाजका व्यवस्थापक भेषराज पाण्डे, रास्वपा नगर अध्यक्ष बुद्धिसागर बेल्बासे लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले शुभकामना दिनु भएको थियो । कार्यक्रममा बोल्दै बाणगंगा नगरप्रमुख चक्रपाणि अर्यालले चाडपर्वले समाजमा आपसी सद्भाव, भाइचारा र एकताको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। काङ्ग्रेस केन्द्रिय प्रतिनिधि एबम जिल्ला संयोजक राजेश सिंहले बोल्दै धार्मिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गर्दै नगरको विकास, समृद्धि र सामाजिक सद्भावका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।त्यस्तै, कार्यक्रमको अध्यक्षता गर्नुभएकस नेपाली कांग्रेस बाणगंगा नगर सभापति विष्णु न्यौपानेले चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गर्दा आपसी सम्बन्ध सुदृढ हुनुका साथै समाजमा एकता र सहकार्यको वातावरण निर्माण हुने बताउनुभयो। काङ्ग्रेस नगरले हालै सरुवा भै आउनु भएका नगकरका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेलाई दोसल्लाह ओढायर स्वागत गरेको थियो पान्डेले सबै समुदायबीच आपसी सम्मान र सद्भाव कायम राख्दै चाडपर्व मनाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सहभागीहरूले विजया दशमी, शुभदीपावली तथा छठ पर्वको अवसरमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना आदानप्रदान गरेका थिए। साथै, विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई स्वागत तथा सम्मान गर्दै सामाजिक र राजनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । श्रोत बुद्ध दर्पण राष्ट्रिय दैनिक

प्रकाशित : १ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६