अन्तर्राष्ट्रिय

लुम्बिनीको बिश्व शिखर सम्मेलन स्थगित



काठमाडौं २२ फागुन । यही फागुन २८ र २९ गते लुम्बिनीमा आयोजना हुने तय भएको बालबालिका, विकास र शान्तिका लागि शिखर सम्मेलन स्थगित भएको छ ।लुम्बिनी प्रदेश सरकारको आयोजना तथा अमेरिकी संस्था ‘लरिएट्स एण्ड लिडर्स’को व्यवस्थापनमा हुन लागेको शिखर सम्मेलन स्थगित भएको हो । लुम्बिनी प्रदेश सरकारका एक मन्त्रीले भने, ‘विविध कारणले शिखर सम्मेलन हुन नसक्ने भयो । अहिले यो स्थगित नै हुने भयो ।’ शिखर सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले साढे ६ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ । सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका राष्ट्रप्रमुख, पूर्वराष्ट्रप्रमुख, नोबेल पुरस्कार विजेताहरू सहित अति विशिष्ट पाहुना लुम्बिनी आउने भनेर प्रचार गरिएको थियो । अति विशिष्ट पाहुनाको सूचीमा भारतमा निर्वासित तिब्बतका धार्मिक गुरुस् दलाई लामासमेत आउने चर्चा चलेको थियो ।

‘लरिएट्स एण्ड लिडर्स’ नामक संस्थाको व्यवस्थापनमा यसअघि तीनपटक यस्तो खालको शिखर सम्मेलन भएको छ । सन् २०१६ मा भारतमा भएको पहिलो शिखर सम्मेलनमा दलाई लामा सहभागी भएका थिए । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नाममा करोडौं खर्च गरेर शिखर सम्मेलन गर्न लागेको भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले त्यसको औचित्यमा प्रश्न उठाउँदै आएका थिए । प्रतिनिधि सभा र लुम्बिनी प्रदेश सभाको बैठकमा नेकपा एमालेका सांसदहरुले शिखर सम्मेलनको विरोध गरेका थिए ।

नेकपा माओवादी केन्द्र समेत मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले शिखर सम्मेलनको तयारीको विषयमा सत्ता साझेदार दलहरुसँग समन्वय र परामर्श नगरेको भन्दै असन्तुष्ट थियो । आज एमालेसहितको नयाँ सत्ता समीकरण बनेलगत्तै शिखर सम्मेलन स्थगित भएको हो । ‘आज ११ बजे क्याबिनेट छ, त्यसबाट स्थगितको औपचारिक निर्णय हुन्छ,’ स्रोतले भन्यो

प्रकाशित : २२ फाल्गुन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६