खोज–अनुसन्धान

निर्वाचन अघिको गठबन्धन देश कै लागि अफापसिद्ध : गगन




काठमाडौ २४ फागुन । कांग्रेस महामन्त्री गगनकुमार थापाले निर्वाचन अघिको गठबन्धन देशकै लागि अफापसिद्ध भएको दावि गरेका छन् । उनले निर्वाचनभन्दा अघि गरिने गठबन्धनले प्रणालीलाई भ्रष्ट बनाएको बताएका हुन्। परिवर्तित राजनीतिक परिस्थितिबारे सामाजिक सञ्जालमा भिडियोमार्फत प्रतिक्रिया व्यक्त गरेका महामन्त्री थापाले निर्वाचनअघि अब कांग्रेसले कुनै पनि बहानामा कसैसँग पनि गठबन्धन गर्न नहुने बताएका छन्।

‘निर्वाचनभन्दा अघि गरिने गठबन्धनले प्रणालीलाई भ्रष्ट बनाएको छ। लोकतन्त्रलाई थप कमजोर बनाएको छ। त्यसैले कम्तीमा नेपाली कांग्रेस यो बाटो हिँड्न हुँदैहुँदैन,’ उनले भनेका छन्। कुर्सीको लोभका कारण अहिलेको गठबन्धन बनेको भन्दै उनले नयाँ सत्तागठबन्धन आफ्नै भारीले थिचिने पनि दावि गरेकाछन् ।

प्रकाशित : २४ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६