खोज–अनुसन्धान

अन्तरमन्त्रालय समन्वय अभावले विकास प्रभावित हुन दिदैनौ : मन्त्री अधिकारी




कपिलवस्तु ३ चैत ।भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले अन्तर मन्त्रालय बिच समन्वय गरि जनताको काम छिटो छरितो गर्ने बताउनुभएको छ । मन्त्री अधिकारीले मन्त्रालय मन्त्रालय बिच रहेको कानुनी जटिलता हटाएर नागरिकका काम सहज रुपमा गर्न आफु लागि पर्ने बताउनुभएको हो । नेकपा (एमाले) बाणगंगा नगरकमिटीद्धारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले आफु मन्त्री भए पछि कपिलवस्तुवासीले आशा गरेका कामहरु निरन्तर रुपमा गर्दै जाने बताउनुभएको हो ।
मन्त्री भए पछि जिल्लावासीलाई भेटघाटका लागि आउनुभएका मन्त्री अधिकारीले बर्षौदेखि आशा गरेर बसेका भुमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुको सपना साकार पार्नका लागि काम सुरु गरिसकेको बताउनुभयो । मन्त्री अधिकारीले भन्नुभयो, ‘अन्तर मन्त्रालय बिच कानुनी जटिलता हटाएर, सुमधुर सम्बध कायम गरि विधि प्रक्रिया अनुसार काम अगाडि बढाउँदा कतैबाट काम रोकिदैन’ ।
उहाँले यो गठबन्धनले जनताको मन जित्ने गरि काम गर्ने बताउँदै भूमि सम्बन्धीका समस्या समाधानका लागि आत्तिएर भन्दा कानुनी प्रक्रिया पुरा गर्न आवश्यक रहेको बताउनुभयो । मन्त्री अधिकारीले यस अघि गठित भूमि आयोग विघटन गर्दा मुद्धा झेल्नुपर्ने लगायत अनेकौ समस्या हुने भएकाले विधि र प्रक्रिया अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा राष्ट्रिय सभा सांसद बिमला घिमिरे, नेकपा (एमाले) केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सांसद गिरधारीलाल न्यौपानेले समेत अधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जनताको मन जित्ने गरि काम गर्नका लागि अनुरोध गर्नुभयो ।त्यस्तै पार्टी प्रदेश कमिटी, नगर कमिटी, जिल्ला कमिटीका नेता, विभिन्न जनवर्गीय संगठनका पदाधिकारी, सदस्यहरु लगायतले मन्त्री अधिकारीलाई जिल्लामा स्वागत तथा सम्मान गर्नुभएको थियो ।

प्रकाशित : ३ चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६