खोज–अनुसन्धान

सीआईबी प्रमुख ज्ञवालीले सम्हाले पद, हाइ प्रोफाइल समात्नुपर्ने चुनौती



काठमाडौं ५ चैत । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी )को कमाण्ड एआईजी श्यामलाल ज्ञवालीले सम्हालेका छन् । उनले आइतबार दिउँसो सीआईबी कार्यालयमा गएर पदभार ग्रहण गरेका हुन् ।सुनको तस्करीमा कमजोर अनुसन्धान गरेको आरोपमा किरण बज्राचार्यको सरुवा भएपछि उनलाई नियुक्त गरिएको थियो ।
आइतबार बिहान मात्र गृहमन्त्री रवि लामिछानेले आईजीपी वसन्तबहादुर कुँवर र एआईजी ज्ञवालीलाई बोलाएर भेटेका थिए । भेटमा गृहमन्त्री रविले सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले गरेको सिफारिस कडाईसाथ कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।आयोगले पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरासहित थुप्रैलाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

सीआईबीको यसअघिको अनुसन्धानमा उनीहरूलाई जोगाएको आयोगले दाबी गरेको थियो । आयोगको प्रतिवेदनलगत्तै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पक्राउ परिसकेका छन् ।सुन तस्करीमा उनको पनि संलग्नता रहेको दाबी गरिएको छ । महरापुत्र राहुल यसअघि नै पक्राउ परेर कारागारमा छन् । गृहमन्त्रीको निर्देशनअनुसार सीआईबीले महरालाई तत्काल पक्राउको तयारी गरेको स्रोतले बताएको छ ।

यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालयमा हुँदा नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्धा अनुसन्धानमा समन्वय गरेका ज्ञावालीलाई कांग्रेस नेतृत्वको दबाबमा प्रहरी प्रधान कार्यालयको कार्यविभागमा सरुवा गरेको थियो ।कांग्रेस नेता बालकृष्ण खाणलगायतलाई पक्राउ गरेपछि ज्ञवालीलाई सरुवा गरिएको थियो । अहिले फेरि सीआइबीको प्रमुखमा नियुक्त भएका ज्ञवालीलाई नेताहरु जोडिएको घटनामा अनुसन्धान र छानबिन समितिको प्रतिवेदन कार्यान्वायन गराउनुपर्ने चुनौती छ ।

छानबिन समितिले हाइ प्रोफाइललाई दोषि देखाएको छ । यसको लागि पहिलो नम्बरमा महरा छन् । यसअघि दायर भएको मुद्दामा पूरक अभियोग लैजाने तयारी सीआईबीको छ । सीआईबीले यसअघि ब्रेक सु र भेप प्रकरणमा अवैध सुन चोरी पैठारी र संगठित अपराधमा अभियोग दायर गरेको थियो।

प्रकाशित : ५ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६