अन्तर्राष्ट्रिय

भारत तिर भाग्दै गरेका महारालाई कपिलवस्तुको सिमामा प्रहरीले यसरी पक्राउ गरयो



कपिलवस्तु ६ चैत । सुन तस्करी प्रकरणमा पक्राउ पर्ने डरले भारत भाग्न लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको हेड क्वाटर काठमाडौं पुर्‍याइएको छ ।६० किलो सुन तस्करी प्रकरणमा कपिलवस्तुबाट परेका महरालाई गौतमबुद्ध विमानस्थल भैरहवाबाट यति एअरलाइन्सको जहाजमार्फत काठमाडौंको सीआईबी हेडक्वाटर पुर्‍याइएको हो ।पूर्व सभामुख पूर्व सभामुख समेत रहेका महरा कपिलवस्तुको मायादेवी १ पकडी स्थित माओवादी नेता वकिल मुसलमानको घरमा बिहानको खाना खाने तयारीमा थिए ।
महराले खाना खानलाई साबुन पानीले हात धोइसकेका थिए । त्यसैबेला उनलाई प्रहरीले पछ्याइरहेको सूचना उनले थाहा पाएपछि भात नै नखाई बाग्मती ०१०२७ च १९९३ नम्बरको रातो प्राडो गाडीमा चढेर अलिगढवा नाकातिर हुइँकिएका थिए ।महरा सवार गाडी रोक्न पकडी प्रहरी चौकीले ब्यारियर तेर्स्याएको तर, गाडी ब्यारियर छलेर भागेको र केही पर पुगेपछि प्रहरीले उनलाई घेरा हालेर पक्राउ गरेको थियो ।स्रोतका अनुसार कपिलवस्तुको अमरगढवा नाका हुँदै भारत भाग्ने योजनाका साथ कपिलवस्तु पुगेका उनलाई त्यहांबाट भैरहवा विमानस्थल हुंदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको कार्यालयमा पुराइएको हो ।

प्रकाशित : ६ चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६