प्रदेश

लुम्बिनीमा त्रियासी हजार विद्यार्थी एसइईमा सरिक



कपिलवस्तु, १५ चैत्र। बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ८३ हजार चार सय विद्यार्थी सहभागी भएका छन् । परीक्षा सम्पन्न गर्न सात हजार ५९३ जना जनशक्ति परिचालन गरिने जनाइएको छ । लुम्बिनीमा ३४० परीक्षा केन्द्र छन् ।

शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका सूचना अधिकारी माधवप्रसाद पोख्रेलले नियमिततर्फ साधारण धारका ७७ हजार ३६४ र प्राविधिक धारका दुई हजार ९४६ गरी ८० हजार ३१० र ग्रेड वृद्धितर्फ तीन हजार ९० गरी कुल ८३ हजार चार सय परीक्षार्थीले लुम्बिनीबाट एसइई दिन लागेका जानकारी दिनुभयो । परीक्षा सञ्चालनका लागि १२ वटै जिल्लामा गरी ३४० परीक्षा केन्द्र निर्धारण गरिएको र परीक्षालाई मर्यादित, अनुशासित, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न प्रदेशभरि ३४० केन्द्राध्यक्ष, ५६७ सहायक केन्द्राध्यक्ष, चार हजार १८४ निरीक्षक, ८३४ परीक्षा सहायक र एक हजार ६६८ कार्यालय सहयोगी गरी जम्मा सात हजार ५९३ जना जनशक्ति परिचालन गरिएको सूचना अधिकारी पोख्रेलले बताउनुभयो ।

उहाँका अनुसार बाँकेमा ३४, बर्दियामा ३४, दाङमा ४७, रुकुमपूर्वमा आठ, रोल्पामा १९, प्युठानमा १६, रुपन्देहीमा ५८, गुल्मीमा २८, पाल्पामा २७, अर्घाखाँचीमा १७, कपिलवस्तुमा ३० र नवलपरासीमा २२ गरी कुल ३४० परीक्षा केन्द्र निर्धारण गरिएको छ । बाँकेमा ८३६, बर्दियामा ६४५, दाङमा एक हजार १६१, रुकुमपूर्वमा ९९, रोल्पामा ३४८, प्युठानमा ३६४, रुपन्देहीमा एक हजार ७७५, गुल्मीमा ३८७, पाल्पामा ३८९, अर्घाखाँचीमा २७६, कपिलवस्तुमा ८१८ र नवलपरासीमा ४९७ गरी जम्मा सात हजार ५९३ जना जनशक्ति परिचालन गरिएको छ ।

सूचना अधिकारी पोख्रेलका अनुसार लुम्बिनीमा सबैभन्दा बढी रुपन्देहीमा १९ हजार ६४८ जनाले एसइई दिने छन् । सबैभन्दा कम रुकुमपूर्वबाट एक हजार ३० परीक्षार्थी एसइईमा सहभागी हुने छन् । १८ हजार ४२६ साधारण, ४२४ प्राविधिक र ७९८ ग्रेड वृद्धि गरी रुपन्देहीमा १९ हजार ६४८ जना र साधारण ९६५, प्राविधिक ५७ र ग्रेड वृद्धि आठ गरी एक हजार ३० जना परीक्षार्थी रुकुमपूर्वबाट सहभागी रहने छन् ।

उहाँका अनुसार बाँकेमा आठ हजार ७३२ साधारण, ३५७ प्राविधिक र १७३ ग्रेड वृद्धि गरी नौ हजार २६२, बर्दियामा छ हजार ४२७ साधारण, १६८ प्राविधिक र ४१८ ग्रेड वृद्धि गरी सात हजार १३, दाङमा १२ हजार २२८ साधारण, ३२३ प्राविधिक र ३४७ ग्रेड वृद्धि गरी १२ हजार ८९८, रोल्पामा तीन हजार ५५५ साधारण, १८८ प्राविधिक र ६८ ग्रेड वृद्धि गरी तीन हजार ८११, प्युठानमा तीन हजार ७५१ साधारण, २०५ प्राविधिक र २८ ग्रेड वृद्धि गरी तीन हजार ९८४, गुल्मीमा तीन हजार ७९० साधारण, २९५ प्राविधिक र १२ ग्रेड वृद्धि गरी चार हजार ९७, पाल्पामा तीन हजार ७४३ साधारण, २६७ प्राविधिक र १७१ ग्रेड वृद्धि गरी चार हजार १८१, अर्घाखाँचीमा दुई हजार ८१३ साधारण, १०५ प्राविधिक र ५४ ग्रेड वृद्धि गरी दुई हजार ९७२, कपिलवस्तुमा सात हजार ९३८ साधारण, ३९७ प्राविधिक र ७२३ ग्रेड वृद्धि गरी नौ हजार ५८ र नवलपरासीमा चार हजार ९९६ साधारण, १६० प्राविधिक र २९० ग्रेड वृद्धि गरी पाँच हजार ४४६ जना परीक्षार्थी सहभागी हुने छन् ।

लुम्बिनी प्रदेशमा गत वर्षभन्दा यो वर्ष एसइई दिने परीक्षार्थी घटेका पाइएको छ । शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार गत वर्ष यो प्रदेशबाट ८५ हजार ४२४ जनाले एसइई दिएका थिए । तीमध्ये ८० हजार १६५ साधारण, दुई हजार ९५७ प्राविधिक र दुई हजार ३०२ ग्रेड वृद्धिका थिए । ३३४ वटा परीक्षा केन्द्र रहेको गत वर्षको एसइईमा सात हजार ७५१ जना जनशक्ति परिचालन गरिएको थियो । लुम्बिनी प्रदेशबाट यस वर्ष गत वर्षभन्दा दुई हजार २४ जना कम विद्यार्थीले एसइई दिन लागेका निर्देशनालयले जनाएको छ ।

प्रकाशित : १५ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६