प्रदेश

रुख ढलेर च्यापिदा पाल्पामा एक जनाको मृत्यु



तानसेन, १८ चैत्र । पाल्पामा हावाहुरीले रुख ढलेर च्यापिँदा एक जनाको मृत्यु भएको छ । तानसेन डुम्रेस्थित जरे पिपल नजिकै शनिवार बेलुकी सल्लाको रुख पल्टेर लाग्दा स्कुटर चालक तानसेन–५, कैलाशनगरका २० वर्षीय भुवन सिंजालीको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

एक्कासि हावा हुरी आएपछि सिद्धार्थ राजमार्गको रुख नजिकै बस्नुभएका सिंजालीको ढलेको रुखले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । सिंजालीको घटनास्थलमै ज्यान गएको उहाँले बताउनुभयो ।

लु ८१ प ११३६ नम्बरको स्कुटर चालक भुवन पाल्पाबाट बुटवलतर्फ आउनुभएको थियो । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १० प ५७२१ नम्बरको स्कुटर र एक मोटरसाइकलमा पनि क्षति पुगेको छ । स्कुटरमा सवार अर्का एक जना सामान्य घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।

पानीसहित आएको हावाहुरीले रुख पल्टाएका कारण केही समय पाल्पा–बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध भएको थियो । यस्तै हावाहुरी तथा असिना पानीले बालीनाली र घर तथा गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १८ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६