ब्रेकिंग न्युज

उत्कृष्ट शिक्षा जनता बाटै पाउन सकिने प्रसस्त उदाहरण छन्ः सांसद पन्थी



कपिलवस्तु, २६ चैत्र ।  लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री कपिलवस्तु क्षेत्र नं. १ (क) का सांसद विष्णु प्रसाद पन्थीले राम्रो उत्कृष्ट शिक्षाका लागि जनता छाडेर बाहिर जानु नपर्ने बताएका छन् । पन्थीले बाणगंगाको पिपरा स्थित जनता नमुना माध्यमिक विद्यालय प्रदेशमा नम्बर वान भएको र कपिलवस्तुको उत्कृष्ट नतिजाको आधा हिस्सा जनताले नै ओगटेको बताउँदै समयको महत्व बुझेर राम्रो शिक्षाका लागि जनता भन्दा बाहिर धाउन नपर्ने बताए । पन्थीले विद्यालयले आयोजना गरेको ६२ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा नतिजा प्रकाशन समारोहमा बोल्दै यस्तो धारणा राखेका हुन ।

विद्यालयका प्राचार्य रमेश पन्थीले जनताले ऐतिहासिक नतिजा हासिल गर्दै आएको बताउँदै यस वर्ष विद्यालयले १ हजार नयाँ विद्यार्थी भर्ना लिने लक्ष्य लिएको बताए । पन्थीले तीन वर्षे प्राविधिक शिक्षा र कपिलवस्तुमा पहिलो विज्ञान विषयका कक्षा सञ्चालन गरेको जनताले उत्कृष्ट नतिजालाई निरन्तरता दिएको बताउँदै प्ले ग्रुपदेखि डिप्लोमा तहसम्म अध्यापन हुने विद्यालय कपिलवस्तुका लागि मात्र नभएर लुम्बिनी प्रदेशकै लागि उत्कृष्ट शैक्षिक गन्तव्य भएको र विद्यालयको उत्कृष्ट नतिजाका लागि आफू अझै सशक्त भएर लाग्ने प्रतिबद्धता जनाए । 

कार्यक्रममा जिल्ला समन्वय इकाई प्रमुख थानेश्वर घिमिरे, नगर प्रवक्ता विष्णु पौडेल, नगरका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी लगायतले विद्यालयको खुलेर प्रशंसा गरे। विद्यालय जिल्लामा मात्र भएर प्रदेशमै उत्कृष्ट रहेको आफूहरूले पाएको उनीहरूले बताए ।

यस्तै घिमिरे, पौडेल, जिसी र अन्य अतिथिले पनि विद्यालयको प्रशंसा गर्दै नगरका सामुदायिक विद्यालयको गुणस्तर बढ्दै गइरहेको बताए । कार्यक्रमकै अवसरमा अतिरिक्त क्रियाकलाप तर्फका पुरस्कार तथा नर्सरीदेखि १० सम्मका प्रथम, द्वितीय, तृतीय, समग्रमा सर्वोत्कृष्ट स्थान हासिल गर्ने र अन्य विधामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

यस्तै सुस्त श्रवण भएका विद्यार्थी, स्कुलको विकासमा भूमिका खेलेका उत्कृष्ट शिक्षक, पत्रकार लगायतलाई सम्मान गरिएको थियो । यस्तै विद्यार्थीले बिभिन्न प्रतिभा पनि देखाएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षकद्वय उज्जल अधिकारी र श्यामलाल खनालले गरेका थिए । 

प्रकाशित : २६ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६