प्रदेश

लुम्बिनी भिजन कलेज छोटो समयमा बिबिए तर्फ प्रदेशकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल



कपिलवस्तु, ०६ वैशाख ।
कपिलवस्तुको बाणगंगाबाट संचालनको पहिलो ब्याचको पहिलो सेमष्टरको नतिजामा लुम्बिनी भिजन कलेजले प्रदेशमै उत्कृष्ट रिजल्ट हात पारेको छ । हालै मात्र प्रकाशन भएको बिबिए प्रथम सेमेष्टरको नतिजामा लुम्बिनी भिजन कलेज प्रदेश प्रथम भएको क्याम्पसले बताएको छ ।

जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ३ गंगौलीयामा स्थापित लुम्बिनी भिजन कलेज अन्र्तगतको श्रीनगर इन्टिग्रेटेड कलेजमा बिबिए तर्फको पहिलो सेमेस्टरको नजिता प्रकाशन भएको हो । यस कलेजबाट कुल २६ जना विद्यार्थी सहभागी रहेको उक्त परीक्षामा ७ जनाले विशिष्ट श्रेणीको नतिजा हात पारेका छन भने शतप्रतिशत विद्यार्थी उत्तीणर् भएको क्याम्पसका बिबिए कार्यक्रम संयोजक नारायण बेल्बासेले जानकारी दिएका छन् । बिबिए फस्ट सेमष्टरमा विद्यार्थी नमुना अधिकारीले ३ दशमलव ८ जिपिएसहित प्रदेशमै सर्वोत्कृष्ट अंक प्राप्त गरेको क्याम्पस प्रमुख सुन्दर पाण्डेको दाबी छ ।

कलेजले स्थापनाको सुरुवातमै आफ्नो फरक पहिचानसहित स्थापित भएकाले अहिले यहाँ बिबिएका लागि विद्यार्थीहरुको रोजाइ समेत बन्ने गरेको छ । बिबिए कक्षा संचालन गरी बुटवल लगाएतका क्षेत्रमा सोही विषय अध्ययनका लागि जानुपर्ने बाध्यता समेत लुम्बिनी भिजन कलेजले समाधान गरिदिएको छ । बिबिएकै पहिलो सेमेष्टरका पहिलो ब्याचबाट सतप्रतिशत विद्यार्थी उत्र्तीण गराउन सफल हुनु आफैमा गौरवको कुरा रहेको क्याम्पसका सि.ई.ओ. कृष्ण के.सी.ले बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको बिबिए क्लास संचालन गरेको लुम्बिनी भिजन कलेजले बिबिए कक्षालाई बढी प्राथमिकता समेत दिएको छ ।

प्रकाशित : ६ बैशाख २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६