अर्थ-वाणिज्य

शिक्षक महासंघ कपिलवस्तुको अध्यक्षमा पोखरेल सामुदायिकमा खड्का




कपिलवस्तु ६ बैशाख ।नेपाल शिक्षक महासंघ कपिलवस्तुको अध्यक्षमा गोबिन्द पोख्रेल निर्वाचित हुनु भएको छ । मंगलबार भएको अधिवेशन बाट पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।वितग २० वर्ष देखि अध्यापन पेशमा सक्रिय रहनुभएका पोख्रेल विभिन्न शिक्षकहरुका मागमा अग्रपंक्तिमा रहेर काम गर्दै आउनु भएको छ । कपिलवस्तुमा रहेको बाणगंगा माध्यमिक बिद्यालय गजेहडा र सिद्धार्थ क्याम्पस बुङ्चिमा कार्यरत पोख्रेलले शिक्षकहरुको हकहितका लागि सक्रिय रुपमा काम गर्ने बताउनुभयो ।जनहत अनलाइन सङ्ग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष पोख्रेलले सम्पुर्णलाई समेटेर शिक्षाको गुणस्तर वृद्धि गर्न पहल गर्ने बताउनुभयो । यता सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ बाणगङ्गा नगर समितको अध्यक्षमा लाल बहादुर खड्का चयन हुनुभएको छ । विहिवार बाणगंगा नगरपालिकामा भएको एक समारोहका बिच खड्काको नेतृत्वमा कार्यसमिति चयन भएको हो ।

जसको उपाध्यक्षमा लाल कुमार महत, सचिवमा भगवान दास चौधरी, कोषाध्यक्षमा शिव चरण चौधरी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा वडा नम्बर ४ बाट हारि बहादुर पुन, ५ बाट दधिराम आचर्य, ६ बाट हुमनाथ भट्टराई, ८ बाट विष्णु कुमार श्रेष्ठ, ९ बाट कमल बेल्वासे, १० बाट राजेन्द्र भुसाल र वडा नम्बर ११ बाट हरिद्वार प्रसाद चौधरी चयन हुनुभएको छ । बाकिँ रहेका अन्य वडाका सदस्य प्रतिनिधिहरुलाई पछि चयन गरिने जनाइएको ‘हामी वनाउछौ हाम्रा विद्यालय’ नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरी लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जि.सी. को सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : ६ बैशाख २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६