अर्थ-वाणिज्य

प्रतिनिधी सभामा विद्येकहरु थुप्रिन दिदैनौ :उपाध्यक्ष घिमिरे




काठमाडौ ९ बैशाख । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभामा पनि केहि विधेयकहरु दर्ता हुनुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा सञ्चारकर्मीसंग छलफल गर्दै उपाध्यक्ष घिमिरेले राष्ट्रियसभालाई बिजनेश बिहिन हुन नदिन अव नयाँ आउने बिधेयकहरु राष्ट्रियसभामा पनि दर्ता हुनुपर्ने र यसका लागि छलफल भइरहेको बताउनुभएको हो । धेरै विधेयकहरु प्रतिनिधिसभा मात्रै थुप्रिने अवस्था अन्त्य गर्नका लागि पनि केहि विधेयकहरु राष्ट्रियसभा मार्फत अघि बढ्नुपर्ने उहाले बताउनुभयो ।

उहाले चैत्र २८ गते पदबहाली भएसंग पार्टीका सवै जिम्मेवारीबाट अलग भएको जानकारी दिनुभयो ।
राष्ट्रियसभाको उपाध्यक्ष पदमा रहँदा संविधान, नियमावलीको परिधिभित्र रहेर प्रभावकारी भूमिका निर्वाह गर्ने उहाले बताउनुभयो । त्यस्तै उपाध्यक्ष घिमिरेले महिला सांसदहरु सूचनाबाट टाढा हुने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो । उहाले समावेशी सहभागीताको आधारमा महिलाको हरेक बिषयमा पहुँचको सुनिश्चितता हुनुपर्ने बताउनुभयो । घिमिरेले महिला सांसदप्रति सञ्चारमाध्यमले हेर्ने दृष्टिकोणलाई पनि परिवर्तन गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रकाशित : ९ बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६