अर्थ-वाणिज्य

टिप्परको ठक्करवाट केरा ब्यापारीको मृत्यू




बुटवल १६ बैशाख ।पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।दोभान कचल सडक खण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालक रैनादेवी छहरा गाउँपालिका ७ जुठापौवाका जग बहादुर बलालको मृत्यु भएको हो ।मोटरसाईकलमा केरा लिएर बिक्रिको लागि बुटवल जाँदै गरेका बलालको घटनास्थलमै मृत्यु भएको पुर्व वडा अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।मृतक ४५ वर्षीय बलालको शवलाई पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भईरहेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ ।

प्रकाशित : १६ बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६