काठमाडौं १७ वैशाख, । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा सम्पन्न उपचुनावको प्रारम्भिक मत परिणामले नेकपा एमाले र नेपाली कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखाएको छ ।आइतबार राति १० बजेसम्म गणना भएको मतमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम तेस्रो स्थानमा छन् । फोकफाकथुम गाउँपालिकाको १ देखि ६ नम्बरसम्म गणना हुँदा पहिचान पक्षधरहरुका साझा उम्मेदवार थेगिमले ७८४ मत पाएका छन् ।जितको स्पर्धामा देखिएका एमाले उम्मेदवार सुहाङ नेम्वाङले ३७८३ र कांग्रेस उम्मेदवार डम्बर खड्काले २७८२ मत पाएका छन् । चौथो स्थानमा रहेका स्वपाका मिलन लिम्बुले ५६१ मात्र पाएका छन् ।यद्यपि गणना हुन बाँकी मत धेरै रहेकाले चुनावी नजिताबारे निष्कर्षमा पुग्न हतारो हुनेछ । तर प्रारम्भिक परिणामले केही स्पष्ट सन्देश दिइसकेको छ ।
१७ बैशाख २०८१, सोमबार
प्रतिक्रिया