प्रदेश

अरुका गाडी र साडी बेचेर गणतन्त्र सुदृढ हुदैन : भुसाल




लुम्बिनी २३ बैशाख । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गाडी र साडि मात्रै वेचेर मुलुक नबन्ने बताएका छन् । मोर्चा संगठन लुम्बिनी प्रदेशले शनिबार दाङ भालुवाङमा आयोजना गरेको जनसंगठनको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्पादन नगरी अर्काको देशमा उत्पादित गाडी र साडी मात्रै बेचेर मुलुक बन्न नसक्ने दावी गरेका हुन् ।उनले राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा नजादा सम्म मुलुक अगाडि बढन नसक्ने बताए । अहिले हाम्रो देशमा उत्पादनमा आधारित उद्योग नै स्थापना गर्ने सकेनौं, त्यसैले युवा पलायन भईरहेका छनु महासचिव भुसालले भने अब नेपाल राष्ट्रिय पुजीकोविकास गरेर समाजवादमा जाने नीति लिएका छौं । उनले रोजगारी सृजाना गर्दै मुलुकमा १० बर्षभित्र राष्ट्रिय पुजीको विकास गर्नुपर्ने बताए ।

नेपालमा कम्यूनिष्ट पार्टी स्थापना गर्दा सामन्ती सत्ता रहेको तर अहिले दलाल पूजीबाद रहेकाले त्यससंग जुध्न राष्ट्रिय पुजीको विकास गर्नुपर्ने बताए । महासचिव भुसालले नेकपा एकीकृत समाजवादीको महाधिवेशले अहिलेको विद्यमान समस्याबाट निकास निकाल्ने गरि नीति बनाउने समेत बताए । उनले अहिले देशमा उद्योग धन्दा धारासायी भएको र निजि क्षेत्र उत्साही हुन नसकेको बताउँदै यसको कारण दलहरूमा वैचारिक अस्पष्टता रहेको बताए । उनले अब उद्यमेगधन्दालाई प्रोत्साहन गर्दै त्यस्ता उद्योगलाई विद्युत, कर लगायतमा छुट दिने नीति ल्याउनुपर्ने बताए ।

०६२ – ६३ सालको जनक्रानितले समान्तवाद समाप्त पारेको बताउदै अबको बाटो राष्ट्रिय पुजीको विकास गरी रोजगारी सृजना गर्नमा केन्द्रीत हुनुपर्ने उनले जोड दिए । नेपालका कम्यूनिष्ट पार्टीहरू वैचारिक रूपमा अलमलमा रहेकाले आफुहरूको महाधिवेशनको दस्तावेजले हलचल ल्याउने बताए । उनले आफुहरूको विद्रोह संसद विघटनसंग मात्रै नजोडिएको बताउदै केपि ओलीसंग वैचारिक र सैद्वान्तिक मतभेद पहिल्यैदेखि रहेको बताए ।उनले आफुहरूको महाधिवेशन समयमै हुने समेत बताए । महाधिवेशनको दस्तावेजले कम्यूनिष्ट पार्टीहरूमा हलचल ल्याउने समेत बताए । उनले अहिले बनेको गठबन्धनमा अस्तित्व सहित आफुहरू सहभागी भएको बताए । जनता र राष्ट्रका मुद्वामा संगैसगै हुने भएकाले सरकारका गएको समेत उनले बताए । उनले काँग्रेससँगको गठबन्धनमा बस्दा पुच्छर बनेको भन्नेहरूले फेरि एमालेसंग मिल्दैछन भनेर हल्ला फैलाएको बताए । उनले अहिले कुनै पनि दलसंग एकता नहुने बताए ।
प्रशिण कार्यक्रममा नेकपा एकीकृत समाजवादी का सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्च हरी पराजुलीले जनताका आधारभूत बिषयमा कार्यकर्ता केन्द्रित हुन आग्रह गरे । उनले समाजमा किसान, मजदुर, दलित, महिला तथा उत्पिडित समुदायका मुद्वामा उठाउन समेत उनले आग्रह गरे । यस्तै कार्यक्रममा नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष सोमप्रसाद पाण्डेयले कम्यूनिष्ट आन्दोलनमा देखिएको निराशशालाई अब आफुहरूले आशामा परिणत गर्ने बताए । उनले २०७५ सालसम्म कम्यूनिष्ट बहुमत रहेकोमा एमालेका कारण त्यो घटेको समेत बताए । उनले महाधिवेशनले स्पष्ट नीति र बाटो तय गर्ने भएकाले भ्रममा नपरी संगठन निर्माणमा जुटन नेतम कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश बृहस्पति अधिकारी,सचिव अशोक कोईराला,मोर्चा संगठन लुम्बिनीका ईन्चार्ज अब्दुल हुसेन खाँ, पार्टि रूपन्देहीका अध्यक्ष श्रीराम यादव, अखिल नेपाल महिला संघ समाजवादी लुम्बिनि अध्यक्ष लक्ष्मी भुसाल लगायतले बोलेका थिए । उक्त अवसरमा लुम्बिनी प्रदेश सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि भगवती अधिकारीलाई मन्त्री भएकोमा सम्मान गरिएको थियो ।बैठकमा नेकपा एसका विभिन्न जनवर्गिय संगठनका प्रदेश अध्यक्ष एव प्रतिनिधिहरूले रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रकाशित : २३ बैशाख २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६