कपिलवस्तु २२ भदौं
राष्ट्रिय शोक दिवसको अवसरमा लुम्बिनी भिजन क्याम्पस परिवारले मैनबत्ती प्रज्वलन गरी दिवंगत आत्माहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
राष्ट्र शोकमा रहेको यस दुःखद घडीमा कलेज परिवारले दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गरेको क्याम्पसले जनाएको छ । मैनबत्ती प्रज्वलन मार्फत दिवंगतहरूप्रति सम्मान व्यक्त गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाइएको क्याम्पसले जनाएको छ।

क्याम्पस परिवारले दिवंगत व्यक्तिहरूको योगदान, त्याग र स्मृति सधैँ सम्मानका साथ स्मरण गरिने बताएको छ। राष्ट्रिय शोकको यस घडीमा सबैलाई एकजुट भई पीडित परिवारको दुःखमा साथ दिन र मानवीय संवेदनालाई प्राथमिकता दिन समेत क्याम्पस प्रमुख सुन्दर पाण्डेले आह्वान गर्नु भयो ।

“राष्ट्रको पीडामा हामी पनि साथ छौँ” भन्ने भावनाका साथ आयोजित श्रद्धाञ्जली कार्यक्रमले दुःखको समयमा एकता, सहानुभूति र मानवीय संवेदनाको महत्त्वलाई उजागर गरेको छ।










प्रतिक्रिया