काठमाडौं २२ भदौं
भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि वाल्डो डाइनास्टी, इन्टरनेसनल बुद्धिस्ट सेन्टर तथा नेपाल एङ्घोले १ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएका छन्।
संस्थाका अध्यक्ष स्टेवार्ड चेओङ र लियाङको पहलमा बाढीपीडितका लागि ५० लाख रुपैयाँ नगद तथा ५० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा राहत सामग्री सहयोग गरिएको हो।

प्राप्त सहयोगको चेक नेपालका पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गणेश ले अर्थमन्त्रीको प्रतिनिधिका रूपमा ग्रहण गर्नुभएको छ। सहयोग रकम तथा सामग्री भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा उपयोग गरिने जनाइएको छ।
भोटेकोशी बाढीले प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएपछि तत्कालीन राहत, खाद्यान्न तथा अत्यावश्यक सामग्रीको आवश्यकता बढिरहेका बेला गरिएको यो सहयोगले पीडित परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
विपद्को समयमा विदेशी तथा अन्तर्राष्ट्रिय बौद्ध समुदायसँग सम्बन्धित संस्थाबाट प्राप्त सहयोगले मानवीय सेवाको सीमा भूगोल भन्दा माथि हुने सन्देश दिएको छ। संकटमा परेका नागरिकलाई सहयोग गर्नु साझा मानवीय दायित्व भएकाले यस्ता सहकार्यले विपद् प्रभावितको राहत तथा पुनःस्थापना अभियानलाई थप बलियो बनाउने विश्वास गरिएको छ।
बाढीपीडितको पीडामा साथ दिँदै गरिएको यो सहयोग आर्थिक सहायता मात्र नभई विपद्को समयमा देखाइएको मानवीय ऐक्यबद्धताको महत्वपूर्ण उदाहरण बनेको छ।










प्रतिक्रिया