प्रदेश

एमाले कपिलवस्तुः सहमति नजुटेपछि मतदान



कपिलवस्तु, २८ वैशाख । नेकपा एमाले कपिलवस्तुको १०औं अधिवेशनमा आगामी नेतृत्वका लागि आकांक्षीहरुबीच सहमति नजुटेपछि आज मतदान हुने भएको छ ।


नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष डम्मर शर्मा र अघिल्लो अधिवेशनका प्रतिस्पर्धी बाबुराम खनालबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका विश्राम चौधरीले फिर्ता लिएसँगै शर्मा र खनालबीच प्रतिस्पर्धा हुने भएको हो ।
शर्मा र खनालले प्यानलै बनाएर उम्मेदवारी दिएका छन् । यद्यपि उम्मेदवारहरुले प्यानल बनाएर नभई स्वेच्छिक हिसाबले उम्मेदवारी दिएको दाबी गरेका छन् ।

उपाध्यक्ष पदमा शंकर पाण्डे र भेषराज पाण्डे को उम्मेदवारी परेको छ । सचिवमा सीबी गहतराज र विश्व कार्कीको उम्मेदवारी परेको छ । एकजना उपसचिव खुला पदमा कमल क्षेत्री, गोविन्द आचार्य, देवी पोखरेल, छवि रेश्मीमगर, विष्णुप्रसाद गौतम, शारदानन्द यादव र विनोद चौधरी गरी ७ जनाको उम्मेदवारी परेको छ ।

महिला उपसचिवमा सुशिला दर्लामी र माधुरी अग्रहरीको उम्मेदवारी परेको छ । १२० सदस्यीय जिल्ला कमिटीको १२ खुला सदस्यमा ५३ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिका सदस्य डा। हरि भण्डारीले जनाएका छन् ।

बुधबार सुरु भएको अधिवेशनमा ५ सय ५९ जना प्रतिनिधि सहभागी छन् ।

प्रकाशित : २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६