ब्रेकिंग न्युज

अनेरास्ववियु कपिलवस्तुद्धारा स्थापना दिवसमा झोला तथा शैक्षिक सामग्री वितरण



पशुपति गिरी,कपिलवस्तु ।

कपिलवस्तुमा अनेरास्ववियुको ६० औं स्थापना दिवसको अवसरमा एक बिधालयका विद्यार्थीहरुलाइ झोला तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं.४ मा रहेको जनकल्याण आधारभुत विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाइ झोला र शैक्षिक सामाग्री वितरण गरिएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा ं(एमाले) कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनालले अनेरास्ववियुले सधैं विद्यार्थीहरुको हक हितका लागी मात्रै नभएर विभिन्न रचनात्मक कामहरु गर्ने संगठन रहेको बताउदै उहाँले अनेरास्ववियु विशाल जनताको मायाले विद्यार्थीको बिचबाट हुर्किएको संगठन भएको समेत बताउनुभएको हो ।

जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाइ पढाइमा प्रोत्साहन मिलोस भन्ने उदेश्यले कार्यक्रममा झोला, कापी, पेनसिल, इलेजर, साप्नर लगायतका शैक्षिक सामग्रीहरु वितरण गरेको अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटी अध्यक्ष बिष्णु घिमिरेले जानकारी दिएका छन् ।

अनेरास्ववियु कपिलवस्तु जिल्ला अध्यक्ष बिष्णु घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले कपिलवस्तु जिल्ला उप सचिव शुशिला दर्लामी, नेकपा एमाले क.व जिल्ला सदस्य एंवम लुम्बीनि प्रदेश सदस्य,अनेरास्ववियु लुम्बिनी प्रदेश कोषाध्यक्ष अन्जित खनाल,नेकपा एमाले क.व जिल्ला सदस्य पिताम्बर खनाल,नेकपा एमाले क.व जिल्ला सदस्य एवंम अनेरास्वियु जिल्ला सह इन्र्चाज दयाराम पौडेल , बुद्धभुमी नगरपालिका वडा नं.३का वडा अध्यक्ष गोविन्द (विकास) आचार्य,बुद्धभुमि वडा नं. ४का वडा अध्यक्ष शुशिल कुमार चौधरी,नेकपा एमाले बुद्धभुमी नगर अध्यक्ष ध्रुब न्यौपाने ,जनकल्याण आधारभुत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष,खेमराज शर्मा लगायत अतिथीहरुले शुभकामना मन्तवय राख्नुभएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन अनेरास्ववियु जिल्ला सचिव निशान खड्काले गरेका थिए भने स्वागत मन्तव्य अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य एवंम कार्यक्रम संयोजक पशुपति गिरीले गरेका थिए । उक्त कार्यक्रममा अनेरास्ववियु कपिलवस्तुका पदाधिकारी,सदस्यहरु र विद्यार्थीहरु,अभिवावकहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६