कपिलवस्तु ७ जेठ । स् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि संगीन आरोपहरु लगाएका छन् । आइतबार आफूमाथि लागेको आरोपको जवाफ दिन रोष्टममा उभिएका गृहमन्त्री लामिछानेले अधिकांस समय महामन्त्री थापा विरुद्ध प्रयोग गरे गृहमन्त्री लामिछानेले महामन्त्री थापालाई लक्षित गर्दै कृषि अनुदानको रकम हिनामिना गरेको, पार्क निर्माणमा भ्रष्टाचार भएको ३० लाखभन्दा बढी हिनामिना गरेको, १४ करोड लिएर कुलपति बनाएको देखि देखि देशको सूचना बेच्ने एजेन्टसम्मको आरोप लगाए ।
आरोप नम्बर १ : देशको सूचना विदेशीलाई बेच्ने एसेट्स
लामिछानेले महामन्त्री थापालाई घुमाउरो भाषामा विदेशी एजेन्टको आरोप लगाए । गगनको नाम नलिई लामिछानेले भने, ‘कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔँ । दुईतीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔँ, संसदबाट हटाऔँ । जतिसुकै शक्तिशाली होस, देशको मन्त्री होस वा पार्टीको महामन्त्री किन नहोस् ।’
आरोप नम्बर २ : कुखुरा पालनमा भ्रष्टचार
गृहमन्त्री लामिछानेले व्यक्तिलाई तोकेर संसदीय समिति गठन गर्ने भए सहकारी ठगी गर्नेलाई मात्र नभई कृषि अनुदानको रकम हिनामिना गर्नेहरूमाथि पनि छानबिन गर्नुपर्ने बताए । गृहमन्त्री लामिछानेले कांग्रेस महामन्त्री थापाले बाख्रा पालनका नाममा प्याक्टबाट अनुदान लिएर दुरूपयोग गरेको अर्को आरोप लगाए ।
‘व्यावसायिक कृषि तथा व्यापार आयोजना प्याक्टबाट सुनखानी एकीकृत कषि केन्द्रको नाममा १५ करोड रुपैयाँ लिएर नुवाकोटमा बाख्रा फार्म र काठमाडौंको गोल्फुटारमा मासु पसल खोलेको, २०६८ सालमा अनुदान लिएको र बन्द गरेको समाचार आएको थियो,’ उनले भने ।
रकम हिनामिनाको आरोप लागेपछि प्याक्टलाई प्रभावमा पारेर अनुदान नलिएको विज्ञप्ति निकाल्न लगाएको दाबी गरे । ‘तर त्यो विज्ञप्तिमा विरोधाभाष रहेको र साउथ एसिया नामको संस्थाले फ्याक्ट चेक पनि गरेको तर खै कसेको प्रभावले त्यो वेब साइटबाट गायब पारिएको समाचार आएका थिए। मेरोजस्तै समाचार आएका थिए। अदालतमा थियो थिएन थाहा छैन, प्रहरीमा उजुरी थियो थिएन, थाहा छैन। तर, मिडियामा पशस्तै आए। सुन्ने गरी, हेर्ने गरी, बुझ्ने गरी, पढ्न सक्ने गरी,’ उनले भने।
आरोप नम्बर ३ : त्रिचन्द्रमा पार्क निर्माणमा भ्रष्टाचार
कांग्रेसका महामन्त्री थापालाई गृहमन्त्री लामिछानेले २०५५ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियू सभापति भएका बेला भ्रष्टाचार गरेको अर्को संगिन आरोप लगाए । ‘२०५५ सालमा स्ववियु सभापति हुँदा त्रिचन्द्र कलेजको पार्क निर्माणमा भ्रष्टाचार भएको, ३० लाखभन्दा बढी बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमै रहेको एउटा समाचार आएको थियो,’ उनले भने ।
आरोप नम्बर४ पैसा हिनामिना
गृहमन्त्री थापाले त्रिविको वेबसाइट बनाउन ५ लाख पैसा लिएर वेबसाइट नबनाएको आरोप समेत लगाए । उनले भने, ‘त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेब साइट बनाउँछु भनेर पाँच लाख पेस्की लिएर वेब साइट नबनाएको समाचार आएको थियो।’
आरोप नम्बर ५ पैसा लिएर नियुक्ती
गृहमन्त्री लामिछानेले महामन्त्री थापा स्वास्थ्य मन्त्री भएका बेला १४ करोड लिएर प्राध्यापक राजकुमार रौनियारलाई बिपी स्वास्थ्य प्रतिष्ठानमा कुलपति बनाएको र उनलाई पैसा बुझाउनुपर्ने भन्दै मान्छेहरू हिँडेको कुरा समाचारमा आएको दाबी गरे ।
‘स्वास्थ्यमन्त्री भएका बेला १४ करोड रुपैयाँ लिएर कसैले राजकुमार रौनियारलाई बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुलपति बनाएको र उनलाई पैसा बुझाउनुपर्ने भन्दै आएका दाबीसहितको समाचारहरू पनि प्रशस्त आएका थिए,’ उनले भने, ‘कि हामीले समितिको माग गरिरहँदा समाचारमा आएका यस्ता विषयहरूलाई पनि आगामी दिनमा समिति बनाउने विषय बनाउने हो कि होइनरु यो सदनले तय गरोस, सुरू मबाट गरोस् १’
लामिछानेले आफूले नागरिकताका विषयमा विगतमा सबै पद गुमाएको भन्दै फेरि एकपटक ‘जिरो’ हुन तयार रहेको बताए । ‘म एकपटक पार्टी सभापति पनि नरहेको, सदस्य पनि नरहेको, उपप्रधानमन्त्री पनि नरहेको, गृहमन्त्री, सांसद नरहेको र नागरिक समेत नरहेर जिरोमा पुगेको मान्छे हुँ,’ उनले भने, ‘फेरि खरानी टकटक्याउँदै सदनमा आएको मान्छे हुँ । मलाई फेरि एकपटक जिरो हुन आपत्ति छैन ।’
प्रतिक्रिया