अन्तर्राष्ट्रिय

७ दिनमै उत्तरी नाकाबाट भित्रिए १ हजार बढी विद्युतीय गाडी



कपिलवस्तु ९ जेठ ।जेठ पहिलो हप्ता उत्तरी नाकाबाट १ हजार बढी विद्युतीय गाडी भित्रिएका छन्। यकपिलवस्तु ९ जेठ ।जेठ १५ मा आउने बजेटसँगै कर बढ्ने डरले व्यवसायीले पहिलो हप्ता नै एक हजार गाडी छुटाएका हुन्।
गत वैशाख महिनाभरि उत्तरका २ वटा नाकाबाट १ हजार गाडी भित्रिएका थिए। तर जेठ लागेपछि ७ दिनमै वैशाखमा भन्दा बढी गाडी आयात भएका छन्। चिनियाँ ब्रान्डका सबै गाडी उत्तरी नाका रसुवागढी र तातोपानीबाट आउँछन्।
जेठ ७ गतेसम्म रसुवा भन्सार कार्यालयबाट ४८८ वटा गाडी छुटेका छन्। जसमा बीवाईडीका अट्टो थ्रि ३३६ भित्रिँदा विद्युतीय माइक्रो ९४ वटा भित्रिएका छन्। सामान्य अवस्थामा बढी गाडी रसुवा भन्सार कार्यालयबाट भित्रिन्छन्।

जेठ १ देखि ७ गतेसम्म रसुवाको तुलनामा तातोपानी नाकाबाट बढी भित्रिएको देखिन्छ। तातोपानीबाट ७ दिनमै निजी प्यासेन्जर गाडी ५१२ वटा भित्रिएका छन्। यसरी आउनेमा सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका गाडी छन्। त्यसबाहेक विद्युतीय माइक्रो २१ वटा भित्रिएका छन्।
कर बढ्ने आकलनमा दोब्बरले बढ्यो ईभी आयात, धमाधम भन्सार छुटाउँदै व्यवसायीले जेठ १५ गते आउने आगामी वर्षको अर्थिक विधेयकमा कर बढ्ने आकलनमा धमाधम गाडी छुटाएका छन्। चालू आर्थिक वर्षमा सबैभन्दा बढी वैशाखमा १४ सय ४ वटा भित्रिएका थिए।

व्यवसायीले जेठ १५ मा सरकारले कर बढाए बढी फाइदा हुने सोचमा धेरै गाडी छुटाएका हुन्। भन्सारका अधिकारीहरुका अनुसार उत्तरीसँगै दक्षिणी नाकाबाट समेत विद्युतीय गाडी छुटेका छन्।

लगातार गाडी छुटाए हालसम्मकै बढी गाडी जेठमा भित्रिने भन्सारका कर्मचारीको आकलन छ। यता बजेटपछि गाडी महंगो हुने डरले सामान्य अवस्थाभन्दा अहिले खरिदकर्ता बढी रहेको व्यवसायी बताउँछन्।

प्रकाशित : ९ जेष्ठ २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६