अर्थ-वाणिज्य

लुम्विनीका २ जिल्ला सदरमुकाम वनाउन १ अर्व २१ करोड विनियोजन




नवलपरासी १७ जेठ । संघीय सरकारले नवलपुर र रुकुमको जिल्ला सदरमुकाममा भौतिक संरचना निर्माणका लागि एक अर्ब २१ करोड रुपैयाँ विनियोजन गरेको छ ।आगामी आर्थिक वर्ष २०८१र०८२ को आयव्यायको विवरण सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो जानकारी दिएका हुन् । यी दुबै जिल्ला संघीयता कार्यान्वयनमा आएसँगै टुक्रिएर बनेका हुन् । त्यसैले यहाँ पुनारा संरचना नभएकाले नयाँ संरचना निर्माणका लागि रकम विनियोजन गरिएको हो ।तर कुन जिल्लामा कति रकम विनियोजन गरिएको हो भन्ने खुलाइएको छैन । विभिन्न कारणले यसअघि दुई पटकसम्म विनियोजित रकम फ्रिज भएर गएको थियो भने चालु आर्थिक वर्षमा विनियोजन भएको २० करोड रुपैयाँ र अर्थमन्त्रालयले सुनिश्चित गरेको ५० करोड रुपैयाँले नवलपुर सदरमुकाममा भौतिक संरचना निर्माणको काम प्रकृयामा गएको छ ।
नवलपुरमा नयाँ भवन निर्माणका लागि प्रतिवेदन स्वीकृत भएर बहुवर्षीय योजना पनि स्वीकृत भएको छ । भनव निर्माणका लागि २५ वटा निर्माण व्यवयशायीले टेन्डर हालेको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको भनाई छ । यो रकमले पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र दुईवटा एकीकृत भवन बनाउने तयारी छ ।सदरमुकाम कावासोतीमा रहेको १८७ बिघा जग्गामा संघ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने योजना बनाइएको छ । नमुना सदरमुकाम निर्माणस्थलमा संघ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालय निर्माण गर्ने योजाना छ । साथै पुस्तकालय, सभा हल, बैङ्क, अतिथिगृह, आवासगृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायतका आधुनिक संरचनासमेत निर्माण गर्ने योजना छ ।

प्रकाशित : १७ जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६