अर्थ-वाणिज्य

थरु बहुल्य वाणगंगा नगरमा सिकलसेलका लागि रक्त परिक्षण अभियान शुरु




क्पिलवस्तु १७ जेठ । बाणगंगा नगरपालिकाले २ दिनमा करिब ४ सय ११ जनामा सिकलसेल एनिमिया रोगको स्क्रिनिङका लागि नमुना रगत संकलन गरेको छ । विहिबार र शुक्रबार नगरको २ स्थान हेमराज मावि हथौसा र धनकौली सामुदायिक भवनमा शिविर संचालन गरि नमुना रगत संकलन गरिएको हो । सिकलसेल एनिमिया थ थारू समुदायमा रहेको वंशाणुगत रोग हो ।
यसको रोकथाम र नियन्त्रणका लागि शिविरको आयोजना गरिएको नगरको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडलले जानकारी दिनुभयो । सिकलसेल रोग एक प्रकारको वंशानुगत रोग हो । यो रोग आमाबुबाबाट छोराछोरीमा सर्ने गर्छ । यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ । यदी आमा र बुबा दुवैमा यो रोगको जीन छ भने दुईमध्ये एक जना सन्तानमा यो रोग सर्ने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक राजेश कुमार गुप्ताले बताउनुभयो ।

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६