अर्थ-वाणिज्य

प्रारम्भीक छनौटमा परेका उत्कृष्ट ९ उद्यमीले पाउनेछन् १ लाख पुरस्कार




बुटवल १९ जेठ । तिलोत्तमा नरपालिकामा जारी चौथो संस्करणको ‘नगरउप प्रमुख दायित्व ग्रामिण महिला उद्यम द्रुतिकरण कार्यक्रम २०८१’ अनुसार उत्कृष्ट ९ जना उद्यमी छनौटमा परेका छन् । प्रतिष्पर्धाको आधारमा उनिहरुले ल्याउने योजना, विषय बस्तुसहित छनौट गरी उत्कृष्ट उद्यमीलाई १ लाख रुपैयाँ पुरस्कार दिने गरी सुरुवात भएको यो कार्यक्रमको चौथो संस्करणको यहि जेठ २४ गते मणिग्राममा फाइनल प्रतिस्पर्धा हुने छ ।
जसमा मिना पाण्डे, सुनिता कुमारी रेग्मी, कविता पाण्डे, मञ्जु गुरुङ्ग, मिना कुमारी बस्याल, सिमा शर्मा पाण्डे, शर्मिला पाण्डे, अञ्जु थापा, केशरकला थापा गरी ९ जना छनौटमा परेको दायित्व महिला उद्यम द्रीतकरण कार्यक्रम प्रदेश संयोजक सञ्जय पोखरेलले जानकारी दिए । यसरी छनौट भएका उद्यमी मध्ये उत्कृष्टले परियोजना लागनी योजनाको आधारमा १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै दोस्रो हुनेले ७५ हजार र अन्य छनौटमा परेका प्रतिस्पर्धीले ५०÷५० हजार रुपैयाँ पुरस्कार पाउने छ ।
यहि जेठ २४ गते आयोजना हुने परियोजना प्रस्तुतिकरण कार्यक्रममा नरपालिका प्रमुख प्रसाकीय अधिकृत सहित उपप्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा विज्ञ, व्यापारशास्त्रका विद्यार्थीहरुको समेत मुल्यांकन समिति बनेर छनौट गरिने परियोजनाको उद्यमशिलता विज्ञ कमल थापाले जानकारी दिए ।पहिला नै स सानो उद्यम गर्दै आएका महिलाहरुलाई उनिहरुले गर्दै आएको काम, परियोजनाको आधारमा सुरुवातमा ८० जना छौनटमा परेका थिए । त्यससबाट २० जना हुँदै अहिले ९ जना छनौटमा परेका हुन ।

प्रकाशित : १९ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६